default_image

9 months ago

June 23, 2024

अभिकलाई एसईई कप चेस उपाधि

442 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अभिक शाहले हिमालयन चेस एकेडेमीद्वारा आयोजित गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन् ।

उनले स्वीस प्रणालीको आधारमा ७ राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन् ।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अभिकले उपाधि जितेका हुन् । अभिक र पुरुषोत्तमबीच पाँचौं चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो । त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित निकालेका थिए ।

विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाएका थिए । तर, टाइब्रेकरको आधारमा विभूषित अगाडि रहँदै तेस्रो भएका हुन् ।

गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीमा सञ्चालित प्रतियायेगितामा ३ अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशु दिल प्रजापतिले गल्र्सतर्फ पहिलो भइन् । कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भइन् । दुवैले समान २ अंक बटुलेका थिए । टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन् ।

प्रतियोगिताका मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनैपनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छाबवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रालाई ५० प्रतिशत छात्रवृत्ति पाएका छन् । त्यस्तै, कलेजले सहभागी सबै खेलाडीलाई एक तिहाई (३३.३३ प्रतिशत) छात्रवृत्ति दिने घोषणा गरिएको छ ।

एसईई परीक्षा दिएका ४१ खेलाडी सहभागी प्रतियोगितामा खुला तथा गल्र्स दुवै स्पर्धाका विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्राले ३ हजार रुपैयाँ, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.