9 months ago
June 23, 2024
ललितपुर (हाम्रो खेलकुद)- राजन पुरीले प्रथम टंगल टोल सुधार समिति खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।
ललितपुरको रातो मच्छिन्द्र नाथ बहालमा सम्पन्न ९ चरण द्रुतगतिको ब्लिज खेलमा राजनले ८ मा जित र एक हारका साथ ८ अंक जोडे । उनले ७ हजारसहित ट्रफी प्राप्त गरे।
खुल्ला बुद्धिचाल ब्लिज प्रतियोगितामा श्रीलंकाकी महिला खेलाडी डब्लुआइएम सचिनी रनासिंघे ललितपुर महा नगरपालिका वडा नं. ११ वाट प्रतिनिधित्व गर्दै महिला प्रथम हुन सफल बनिन् । उनले नेपाली शीर्ष पुरुष खेलाडीहरुसंग कडा प्रतिस्पर्धा गर्दै ५.५ अंक बनाइन् । ललितपुरकी लिना महर्जनले महिलातर्फ दोस्रो भइन् ।
टंगाल टोल सुधार समितिले आयोजना गरेको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल दोस्रो स्थान प्राप्त गरे। ललितपुरका युवा खेलाडी सुरोज महर्जन तेस्रो, गणेशमान दुवाल चौथो भए।
ललितपुर महानगरपालिका बुद्धिचाल संघको सहयोग रहेको ब्लिज चेस खेलमा एफएम क्षितिज भण्डारी पाँचौ , सर्लाहीका गोविन्द पौडेल छैटौं , काठमाडौ मखनका प्रेमकृष्ण सातौं, ललितपुरका कमल श्रेष्ठ आठौं, काठमाडौका महेश्वर लाल डंगोल नवौं र काठमाडौका राजेन्द्र बज्राचार्य दसौं भए।
एकदिने बुद्धिचाल प्रतियोगितामा टोल विजेता प्रकाश राजकर्णीकार, प्रतीक रञ्जितकार दोस्रो र अर्जुन रञ्जितकार तेस्रो भए। अनरेटेड तर्फ द्रिका लामा पहिलो र राम कृष्ण भण्डारी दोस्रो भए।
यसैगरी ५५ वर्ष भेट्रानमा कृष्णमान महर्जनले विजयी र पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकार दोस्रो भए। सौभाग्य महर्जन ललितपुर स्थानीय च्याम्पियन बने ।
युवा १८ मा सम्यक श्रेष्ठ , युवा १६ मा आर्यन अग्रवाल, युवा १४ मा अंकुर पोखरेल, अन्डर १८०० रेटिङ्गमा संगम श्रेष्ठ र अन्डर १६०० मा निर्जन मानान्धर विजयी भए।
समितिका अध्यक्ष शारदा चित्रकारको सभापतित्वमा भएको समापनमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले विजेतालाई पुरस्कृत गरे ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]