default_image

9 months ago

June 23, 2024

अभिक गोल्डेनगेट एसईई कप चेसको शीर्षस्थानमा

473 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा शनिबार सुरु भएको गोल्डेनगेट एसईई कप २०२४ ¥यापिड चेस प्रतियोगिताको पहिलो दिन अभिक शाह ४ अंकसहित शीर्षस्थानमा रहेका छन्

जेम्स स्कुलका १८२५ रेटिङका अभिकले गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तिसपुतलीमा आयोजित एसईई कपमा मन्जयकुमार पटेल, विभूषित कायस्थ, तेजश अटल र रोहित श्रेष्ठलाई पराजित गर्दै ४ अंक बनाएका हुन् ।

शीर्ष वरीयता १९७२ रेटिङका पुरुषोत्तम सिलवालले पनि हरेन्द्रकुमार महतो, स्वीतकराज जोशी, शम्बुहाङ राई र निश्चल अधिकारीलाई पराजित गर्दै अभिकसमान ४ अंक बनाए । तर, समान अंक भएपनि टाइब्रेकरको आधारमा अभिक शीर्षस्थानमा छन् ।

स्वीस प्रणलीको आधारमा सपात राउन्डमा आयोजित प्रतियोगिताको पाँचौं चरणमा आइतबार पुरुषोत्तम र अभिक आपसमा प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै, ६ खेलाडीले समान ३ अंक जाडेका छन्, जसमा तेजश, स्वस्तीकराज, निश्चल, विभूषित, रोहित, रोहन खतिवडा, अनुप सिवाकोटी छन् । शम्बुहाङ २ अंक बटुल्दै पहिलो दिन शीर्ष १० मा रहे ।

गल्र्सतर्फ अंशु दिल प्रजापति शीर्षस्थानमा छिन् । उनले २ अंक बनाएकी छन् । जेसिका सिंह १ अंकसहित दोस्रो स्थानमा छिन् । हिमालयन चेस एकेडेमीको आयोजना तथा गोल्डेनगेट इन्टरनेसनल कलेजको प्रायोजनमा आयोजित एसईई कप सातौं चरणको प्रतिस्पर्धासँगै आइतबार सम्पन्न हुनेछ ।

यसपालि एसईई परीक्षा दिएका खेलाडी सहभागि प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँसँगै गोल्डेनगेट इन्टरनेसनल कलेजमा छात्रवृत्ति पाउनेछन् । गोल्डेनगेटमा उपलब्ध जुनसुकै विषयमा विजेतालाई शतप्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र तेस्रो हुने खेलाडीलाई ५० प्रतिशत छात्रवृत्ति दिइनेछ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.