9 months ago
June 21, 2024
काठमाडौ (हाम्रो खेलकुद)- सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि रक्षा गरेका छन् ।
भुवन नगरकोटी र निरज तामाङलाई शुक्रबार २ स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका हुन्।
आज ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा १६-अन्डर २ सय ७२ को सानदार नतिजामा उपाधि जिते । प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले २ लाख ७५ हजार रुपैयाँ प्राप्त गरे।
समग्रमा १४-अन्डर २ सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। निरजले ५-अन्डर ६७ र भुवनले ३-अन्डर ६९ को स्कोर दर्ज गरे। उनीहरूले जनही १ लाख ४८ हजार ५ सय रुपैयाँ प्राप्त गरे। दिनेश प्रजापतिले १-अन्डर ७१ सहित समग्रमा १२-अन्डर २ सय ७६ को स्कोरमा चौथो भए। उनले १ लाख २ हजार रुपैयाँ पाए।
समग्रमा ६-अन्डर २ सय ८२ को नतिजामा तोरण विक्रम शाही पाँचौ हुँदै ८८ हजार रुपैयाँ प्राप्त गरे। उनले आज इभन-पार ७२ मा खेल सकाए। २-अन्डर २ सय ८६ को स्कोरमा छैटौं भएका सञ्जय लामाले अन्तिम दिनको खेल २-अन्डर ७० मा सकाए। उनले ८० हजार रुपैयाँ हात पारे।
समग्रमा इभन-पार २ सय ८८ सहित टंक बहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए। टंकले ३-अन्डर ६९ र जयरामले ४-ओभर ७६ मा खेल सकाए। उनीहरूले जनही ७१ हजार ५ सय रुपैयाँ हात पारे।
समग्रमा १-ओभर २ सय ८९ को स्कोरमा रवि खड्का नवौं र ६-ओभर २ सय ९४ सहित रामे मगर दशौं भए। रविले आज ३-अन्डर ६९ र रामेले २-ओभर ७४ मा खेल सकाए। रविले ६४ हजार र रामेले ५९ हजार रुपैयाँ पाए।
एमेच्योरतर्फ ८-अन्डर २ सय ८० को स्कोरमा बिजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सद्भाव आचार्यले उपाधि जिते। उनले आज १-ओभर ७३ को स्कोर निकाले। आज १-अन्डर ७१ खेल्दै विजय सहित समग्रमा ६-अन्डर २ सय ८२ सहित दोस्रो भए। समग्रमा २-अन्डर २ सय ८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए। उनले आज २-अन्डर ७० खेले।
अन्तिम दिनको सुरूवात गर्दा सुवास र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो। दोस्रो होलको बोगी विरूद्ध पहिलो र तेस्रो होलको बर्डीले सुवासले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। भुवनले दोस्रो र आठौं होलमा एक-एक सट खेर फाले भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। फ्रन्ट नाइनको खेल सकिंदा सुवास र भुवन कुल १३-अन्डरको स्कोरमा बराबरीमा थिए।
त्यसपछि दशौं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरे र एक स्ट्रोकको अग्रता बनाए। ११औं होलमा सुवासको टी सट पानीमा खस्यो। यो होलमा सुवासले बोगी खेपे। भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए। तर यो अग्रता सुवासले १२औं होलमा एक स्ट्रोकमा झारे। सुबाशले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे। भुवनले भने बर्डी प्रहार गरे। त्यसपछिका ४ होलमा दुबैले बराबरी खेले।
एक स्ट्रोकले अगाडि रहेका भुवनको लागि १७औं होल हारको कारण बन्यो। उनको अप्रोच सट रूखमुनि पुग्यो र डबल बोगी खेपे। सुवासले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए।
अन्तिम होलमा बर्डी प्रहार गर्दै सुवासले २ स्ट्रोकले उपाधि जिते। उनले ब्याक नाइन ३-अन्डर ३३ मा र भुवनले १-अन्डर ३५ मा पुरा गरे। सूर्य नेपाल गल्फ टुरमा सुवासको यो समग्रमा छैटौं उपाधि हो।
निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १०औं, १२औं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए।
पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा कुल १५ लाख ५० हजार रुपैयाँ पुरस्कार थियो। प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागिता रहेको थियो।
यो सिजनको कुल आठ प्रतियोगिता मध्ये एमेच्योर सद्भाव आचार्यले २ तथा प्रो दिनेश प्रजापति, शुक्र बहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुवास तामाङले समान १ उपाधि जिते।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि रायवरम र पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]