9 months ago
June 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसईई कप २०२४’ शनिबारदेखि हुने भएको छ ।
यसैपालि एसईई (सेकेन्डरी एजुकेसन एक्ज्यामिनेसन) दिएका करिब १ सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
तीन दिने प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीस्थित हलमा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् ।
उनकाअनुसार प्रतियोगिता ओपन र गल्र्स गरी दुई क्याटगोरीमा सञ्चालन गरिनेछ, जसमा समान पुरस्कार विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र ३ हजार रुपैयाँ, ट्रफी, पदक र प्रमाणपत्र दिइनेछ ।
प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई गोल्डेटगेट इन्टरनेसनल कलेजले छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । कलेजकी निर्देशक सैल सुमन सिलवालकाअनुसार जुनसुकै विषयमा पनि विजेतालाई पूर्ण छात्रवृत्ति दिइनेछ भने उपविजेताले ७५ प्रतिशत र तेस्रो हुने खेलाडीले ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
गत फागुन देखि सञ्चालनमा आएको हिमालयन चेस एकेडेमीले अहिले ५ वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको उल्लेख गर्दै एकेडेमीकी अध्यक्ष खम्बूले भनिन्, ‘एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता हो एसईई कप । गोल्डेनगेटले पहिला पनि यस्ता प्रतियोगिता दुईपल्ट गरेको थियो । आगामी दिनमा यसलाई अझै बृहत् बनाउनेछौं एसइईई कपबाट नयाँ र उदीयमान खेलाडी आउन विश्वास गरेकी छु ।’
‘हामीले चेससहित धेरै खेलमा विद्यार्थीलाई छात्रवृत्ति दिइरहेका छौं । यसैलाई एसईई कपमा निरन्तरता दिदैछौं,’ गोल्डेनगेटकी निर्देशक सिलवालले भनिन् । चेसका राष्ट्रिय च्याम्पियनहरू मोनालिशा खम्बू, तारा घले, बिना जैयसवाल, मदनकृष्ण कायस्थ, रुपेश जैयसवाललगायतले छात्रवृत्तिमै गोल्डेनगेटमा अध्ययन गरेका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]