9 months ago
June 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकका लागि छनोट भइसकेका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले अष्ट्रेलियामा मेलवर्न मेट्रोपोलिटियन ओपन च्याम्पियनसिपको उपाधि जितेका छन् ।
कोवर्ग टेबल टेनिस बाट खेलेका स्यान्टुले सोमबार भएको फाइनलमा चाइ हङ एलेक्सलाई ४-२ ले हराएका छन् । स्यान्टु ४-११,११-६,८-११,१२-१०,११-५,११-७ ले खेल जितेका हुन्।
त्यसअघि सेमिफाइनलमा उनले एन्स्टी जाचेरीलाई ३-० ले हराएको थिए। त्यसअघि उनले ३ वटा खेल जितेका थिए । स्यान्टु गत महिना दक्षिण एसियाली ओलम्पिक छनोटमा भाग लिन स्वदेश फर्केका थिए । त्यसमा विजयी हुँदै स्यान्टु ओलम्पिकका लागि छनोट भएका थिए।
ओलम्पिकमा छनोट हुने उनी तेस्रो र टेबल टेनिसका पहिलो नेपाली खेलाडी हुन्। यस अघि तेक्वान्दोका संगिना वैध र दीपक विष्ट ओलम्पिकमा छनोट भएका थिए।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]