default_image

9 months ago

June 8, 2024

मुवासर र उषा सर्वोत्कृष्ट

6358 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर मुवासर राजा वाटो र नेपाल पुलिस क्लबकी उषा भण्डारी आठौं पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

मुवासर र उषाले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । मुवासर र उषाले खेल अवधिभर सानदार प्रदर्शन गरेका थिए । ।

सर्वाेत्कृष्ट दुवैले समान ५० हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र पाए । पुरुष र महिला दुवैतर्फको विधागत उत्कृष्टले जनही २० हजार रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको पुरुषतर्फको फाइनलमा तीन पाकिस्तानी खेलाडीसम्मिलित टिप टप हेल्प नेपालले तीन भारतीय खेलाडीसम्मिलित गण्डकी प्रदेश भलिबल संघलाई ३१ को सेटमा पराजित गर्दै लगातार च्याम्पियन बन्न सफल भयो ।

हेल्प नेपालले गण्डकीमाथि २५–२२, २०–२५, २५–२० र २५–२० को जित निकाल्न सफल भयो । यता, महिलामा पुलिसले नेपाली राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी सम्मिलित एभरेस्ट भलिबल क्लब बुटवललाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको छ ।

पुरुष र महिलाको विजेता हेल्प नेपाल र पुलिसले समान ८ लाख रुपैयाँसँगै ट्रफी, मेड र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गण्डकी र एभरेस्टले समान ४ लाख रुपैयाँसँगै ट्रफी, मेड र प्रमाणपत्र प्राप्त गर्यो । तेस्रो भएको पुलिस र एपिएफले समान २ लाख हजार रुपैयाँ प्राप्त गरेको छ ।

१९ जेठबाट शुरु भएको लिगमा महिलातर्फ पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश गरी ६ टोली तथा पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी गरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको
महिलातर्फ
सर्वाेत्कृष्ट – उषा भण्डारी (पुलिस)
स्पाइकर – केपी अनुश्री (एभरेस्ट)
सेटर – कमला पुन (पुलिस)
सर्भर – निरुता ठगुन्ना (एपिएफ)
ब्लकर – सुर्या (एभरेस्ट)
लिवेरो – शान्तिकला तामाङ (पुलिस)
प्रशिक्षक – रुपेश कुमार विष्ट (पुलिस)

पुरुषतर्फ
सर्वाेत्कृष्ट – मुवासर राजा वाटो (हेल्प नेपाल)
स्पाइकर – सन्तोष (गण्डकी)
सेटर – अदनान खान (हेल्प नेपाल)
सर्भर – रमन कुमार (गण्डकी)
ब्लकर – सफल विक (पुलिस)
लिवेरो – टोप बहादुर थापा ‘दीपक’ (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.