default_image

10 months ago

June 7, 2024

राजन र सिन्दिरा नेपाल च्याम्पियन 

296 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- झापाका राजन सुवेदी २४ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

उनले ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै ८ अंक सहित विजेता बनेका हुन् । शीर्ष १२ खेलाडी बीचको सहभागितामा नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोविन लिगको अन्तिम खेलमा राजनले जित हात हासिल गरे।  उनले ७ जित, २ बराबरी र २ खेलमा हार बेहोरे।

३५ वर्षीय राजन सेप्टेम्बर ९ देखि २३ सम्म हंगेरीको बुढापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडका लागि छनोट भएका छन्।

त्यसैगरि झापा कै श्रुसुरत दाहल पुरुषोत्तम सिलवाललाई पराजित गर्दै ७.५ अंककाा साथ दोस्रो बने। टाइब्रेकका आधारमा समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहेर राष्ट्रिय प्रतियोगिता टुङ्ग्याएका छन्।

यससँगै शुश्रुत र क्षितिज  दुबैले ओलम्पियाडको यात्रा निश्चित गरे। शुश्रुतले अन्तिम चरणमा पुरुषोत्तम सिलवालाई पराजित गरे। क्षितिजले दोलखाका राजिव कार्कीलाई हराए।

नवौं महिला राष्ट्रिय बुद्धिचाल तर्फको अन्तिम खेलमा  कृतिसारा अधिकारीसंग  पराजित भएपनि ९ अंक सहित दोस्रो पटक सिन्दिरा जोशी नेपाल च्याम्पियन बन्न सफल भइन्। सिन्दिरले ११ औं चरणको खेल मध्ये ९ खेलमा जित र २ खेलमा हार बेहोरिन्।

यसैगरी झापाका कृतिसारा अधिकारीले ८.५ अंक जोड्दै दोस्रो भईन्। उनी ओलम्पियाडको लागि छनोट भएकी‌ टिकट छिन्। ८ अंकसहित कास्कीका पूजा भण्डारी र शान्ति धिमाल चौथो भईन्। शीर्ष ४ महिला खेलाडी ओलम्पियाडको लागि छनोट भए।

हंगेरीको बुढापेष्टमा हुने ओलम्पियाड पुरुष तर्फ विवेक थिङ, रुपेश जैसवाल, राजन सुवेदी, शुश्रुत दहाल र क्षितिज भण्डारी छनौट भएका छन् । महिला तर्फ सुजना लोहनी, सिन्दिरा जोशी, कृतिसारा अधिकारी, पूजा भण्डारी र शान्ति धिमाल छनोट भएका छन्। 

लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्धक निर्देशक सुबोधराज शेर्पाली सभापतित्वमा भएको समापन तथा पुरस्कार वितरण समारोह नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कृत गरे ।
                

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.