default_image

9 months ago

June 5, 2024

शारीरिक सुगठन टोली माल्दिभ्स जाँदै

189 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चौधौं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स जाने भएको छ ।

जुन ६ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८० केजीमा कृष्णप्रसाद श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । कृष्ण नेपालमा गत वर्ष काठमाडौंमा भएको ५५ औं एसियाली शारीरिक सुगठनका कांस्य पदक‌ विजेता हुन् ।

व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास तथा निर्णायकमा राजेश मुल्मी रहेका छन् । माल्दिभ्समै गत वर्ष भएको १३ औं संस्करणमा ललित धिमालले नेपाललाई स्वर्ण पदक जितेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.