9 months ago
June 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले आठौं प्रधानमन्त्री एनभिए भलिबल लिगको पुरुषतर्फ टिपटप हेल्प नेपाललाई हराएको छ।
प्रतियोगिताको पाँचौं दिन बुधबार गण्डकीले हेल्प नेपाललाई ३-२ ले हराएको हो। गण्डकीले २७-२५,२१-२५,२८-३०,२५-२१,१५-९ ले आफ्नो पक्षमा पारेको हो। गण्डकीका रमन कुमार प्लेयर अफ दि म्याच चुनिए।
त्यसअघि विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेटमा जित निकाल्यो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी भाग्यशाली सावित बन्यो । पहिलो सेटमा आर्मी २७–२५ ले अघि रह्यो । दोस्रो सेट पनि उत्तिकै प्रतिस्पर्धात्मक हुँदा पुलिसले २६–२४ को जित निकाल्यो ।
त्यसपछिको बाँकी सेटमा रविन चन्द र रविन नगरकोटीको सानदार प्रदर्शनमा पुलिसले २५–२१ र २५–१८ को सहज जित निकाल्यो ।
यस जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । पुलिसको ५ खेलबाट १४ अंक पुगेको छ । पहिलो हार बेहोरेको आर्मीको खेलबाट १२ अंक छ ।
पुरुषतर्फ सुदुरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ । पहिलो सेट गुमाएको सुदुरपश्चिमले त्यसपछिको तीनै सेटमा जित निकाल्यो ।
सुदुरले कोशीमाथि १९–२५, २५–२१, २५–२२ र २५–१६ को सेटमा जित निकाल्यो । यसअघि सुदुर आर्मी, गण्डकी, पुलिस र हेल्प नेपालसँग पराजित भएको थियो । कोशीको भने यो लगातार पाँचौं हार हो । कोशीले पनि आर्मी, हेल्प नेपाल, गण्डकी र पुलिससँगै हार बेहोरेको थियो ।
महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ । पुलिस अपराजित रहँदै फाइनलमा पुगेको हो ।
महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिममाथि ३–२ को पूनरागमन जित निकालेको छ । पहिलो र दोस्रो सेट २५–२७ र २०–२५ ले गुमाएको आर्मीले त्यसपछिको तीनै सेट क्रमश २५–१७, २५–२३ र १५–१२ को सेटमा आफ्नो पक्षमा पार्यो ।
दोस्रो जित निकालेको आर्मीले चार खेलबाट ६ अंक जोडेको छ । डायमण्डको यो लगातार चौथो हार हो । डायमण्डको चार खेलबाट २ अंक छ । आज नै पुरुषतर्फ हेल्प नेपाल र गण्डकी प्रदेश तथा एपिएफ र बुढानिलकण्ठबीच खेल हुनेछ ।
नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]