9 months ago
June 3, 2024
अर्जुन कार्की, बागलुङ
नेपाली कबड्डी टोलीका कप्तान घनश्याम रोक्का बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डीको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्याम नेपालले खेलेमध्ये ५ खेलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए ।
नेपाली टोली प्रतियोगितामा उप विजेतामा सिमित भएपनि घनश्याम खेलाडीमा सर्वोत्कृष्ट बन्न सफल भएका हुन् । नेपाली टोली बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा आयोजक बंगलादेशसँग पराजित भएको हो ।
बंगलादेशको ढाकामा सोमबार भएको फाइनलमा बंगलादेशसँग ४५–३१ अंकले पराजित हुँदै नेपालले उपविजेतामा सिमित भएको हो । यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल बंगालादेशसँग पराजित भएको थियो ।
नेपालले आइतबार केन्यालाई पेनाल्टीमा ९–५ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । निर्धारित समयमा ५०–५० अंक भएपछि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]