default_image

10 months ago

June 3, 2024

नेपाल बंगबन्धु कप कबड्डीको फाइनलमा

608 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ
नेपाल बंगबन्धु कप अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशको ढाकामा आइतबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा केन्यालाई पेनाल्टीमा ९–५ ले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा नेपाल र केन्याको ५०–५० अंक बराबरी भएपछि फाइनल प्रवेशको लागि खेल पेनाल्टी (५ रेडमा) धकेलिएको थियो । नेपालले पेनाल्टीमा (५ रेडमा) केन्यालाई ९–५ अंकले पराजित गर्यो ।
नेपालले उपाधिको लागि घरेलु टोली बंगलादेशको सामना गर्नेछ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा आयोजक बंगलादेशले थाइल्याण्डलाई ४१–१८ अङ्कले पराजित गर्दै फाइनल पुगेको छ ।

समूह चरणको ५ खेल मध्ये ४ खेलमा जित निकालेको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले समूह चरणमा मलेसिया, पोल्याण्ड, दक्षिण कोरिया, इन्डोनेसिया माथि जित निकालेको थियो भने बंगलादेशसँग पराजित भएको थियो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.