default_image

10 months ago

June 2, 2024

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

616 views

0 Bookmark

हुम्ला( हाम्रो खेलकुद)- नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ ।

हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए ।

ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए । विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर रोकायले दुर्गम जिल्ला जुम्लाबाट करिअर सुरु गर्दा पनि निरन्तर लगावका कारणले आफुले सफलता हासिल गरेको अनुभव सुनाए ।

त्यसैगरी ओलम्पियन देवु थापाले अभिभावकलाई विश्वास दिलाउन सके हरेक किशोर किशोरीलाई खेलतर्फ लाग्न कठिन नभएको बताइन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले हरेक बालबालिका शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न सानैदेखि खेलकुदमा अभिरुची दिलाउन शिक्षक तथा अभिभावकलाई आग्रह गरे ।

तेक्वान्दोकी राष्ट्रिय खेलाडी सीता तामाङले जुम्बा प्रदर्शन गर्नुका साथै ओलम्पियन देवुसँगै आत्मरक्षासम्बन्धि प्रशिक्षण गराएका थिए ।
नेपालकै अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्लामा महत्वपुर्ण कार्यक्रम गरेकोमा कर्णाली खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले ओलम्पियन एसोसियसनलाई निरन्तर सघाउने प्रतिवद्धता जनाए ।

स्कुले किशोरकिशोरीलाई सानै उमेरदेखि खेलकुदमा अभिरुची जगाउन एसोसियसनले स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यसैक्रमा एसोसियसनले कार्यक्रममा भाग लिएका विद्यालयलाई झण्डै १ लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गरेको छ । एसोसियसनका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विद्यालय प्रतिनिधिलाई खेलसामग्री हस्तान्तरण गरेका थिए ।

महासचिव भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई कार्यक्रम सफल पार्न सहयोग गरेकोमा आभार व्यक्त गरे । हुम्ला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले स्वागत गर्ने क्रममा ओलम्पियन खेलाडीहरुको अनुभव सुन्न र सुनाउन पाउनु हुम्लावासीको सौभाग्य भएको चर्चा गरेका थिए ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.