default_image

10 months ago

June 2, 2024

पुरुषोत्तमको एकल अग्रता, रुपेशको खराब प्रदर्शन

450 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- पुरुषोत्तम सिलवालले नेेेसनल चेस च्याम्पियनसिपमा एकल अग्रता लिएका छन्।

दोस्रो दिन आइतबार युथ च्याम्पियन पुरुषोत्तमले ३ अंक सहित एकल अग्रता लिएका हुन्। पुरुषोत्तमले दोस्रो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारीलाई र तेस्रोमा पनि पुर्व नेपाल च्याम्पियन सिएम केशव श्रेष्ठलाई‌ हराए ।

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा संचालन भइरहेको प्रतियोगितामा
श्रुसुरत दाहलले पनि आफ्नो अपराजित यात्रा
जारी राख्दै साढे २ अंक सहित पुरुषोत्तमलाई पछ्याइ रहेका छन्।

पहिलो चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैसवाललाई बराबरीमा रोकेका श्रुसुरतले दोस्रो चरणको खेलमा राजन सुवेदीलाई र तेस्रो चरणमा सिएम मिलान लामालाई पराजित गरे।

काठमाडौका मिलन लामा , क्षितिज भण्डारी , झापाका राजन सुवेदी र प्रकाश नेपालको समान २ अंक छ।
तकाठमाडौका प्रेम महर्जन , ललितपुरका सुरोज महर्जन , धनुषाका सुशील चौधरी र दोलखाका राजीव कार्कीले समान १ अंक जोडेका छन्।
प्रतियोगितामा खराव प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल दोस्रो चरणमा राजिव कार्की र तेस्रो चरणमा क्षितिजसंग पराजित भए। उनको ०. ५ अंक छ भने केशव श्रेष्ठले खाता खोल्न सकेका छैनन्।

राउन्ड रोविन प्रणालीमा भइरहेको प्रतियोगितामा महिलातर्फ काठमाडौकी सिन्दिरा जोशी, रिया श्रेष्ठ , मोरङकी शान्ति धिमाल र कास्कीकी पूजा भण्डारी समान ३ अंक जोड्दै संयुक्तरूपमा शीर्ष स्थानमा रहेका छन्।

सिन्दिराले दोस्रो चरणमा पर्साका सुशीला गुरुङ र तेस्रो चरणमा भक्तपुरका सविना गुजलाई निरास पारिन्। रियाले तेस्रो चरणमा काठमाडौका विनिता कपालीलाई र त्यसअघि भक्तपुरका प्रसन्न खोविनायोलाई हराइन् ।शान्तिले दोस्रो चरणमा भक्तपुरका श्रया दुवल र तेस्रो चरणमा सुशीला गुरुङलाई पराजित गरिन् । पूजाले प्रसन्न खोविनाय र सुशीला गुरुङलई हराइन् ।

झापाकी पुनम प्रसाईं र कृतिसारा अधिकारीको २ अंक छ । विनिता कपाली, सुशीला गुरुङको १ अंक छ।
प्रतियोगितामा हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.लि.भक्तपुर, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि. किर्तिपुर काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन छ।

च्याम्पियनसिपबाट खुल्लातर्फ ३ र महिलातर्फ उत्कृष्ट ४ खेलाडी हंगेरीको बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औं चेस ओलम्पियाडका लागि छनोट हुनेछन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.