default_image

8 months ago

June 2, 2024

टिप टपको दोस्रो जित, पुलिसले एपिएफलाई हरायो

2575 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को  एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा एपिएफ गण्डकी प्रदेश संग पराजित भएको थियो। पहिलो सेट २१-२५ ले गुमाएको पुलिसले दोस्रो सेट खेलमा फर्कियो। पुलिसले २५-२३ ले सेट जित्दै १-१ को बराबरी गर्यो।

तेस्रो सेटमा  एपिएफले १४-२५ ले जित्दै पुनः अग्रता बनायो। त्यसपछि पुलिसले २५-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा २-२ को बराबरी गर्यो। पाँचौ तथा अन्तिम सेटमा पुलिस १५-१३ ले विजयी भयो र प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गर्यो ।

दिनको अन्तिम खेलमा टिप टप हेल्प नेपालले कोशी प्रदेशलाई ३-० ले हराउँदै लगातार दोस्रो खेल जित्यो। हेल्प नेपाल २५-१४,२५-२१,२५-१४ ले विजयी भएको हो।

त्यसअघि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेका‌ छन् । आर्मीले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१५,२५-२०,२५-२० ले हराएको थियो। अर्को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई २५-२२,२५-२२,२५-१८ ले हराएको।

त्यसअघि पिएम एनभिए भलिबल लिगमा पुलिसको महिला टोलीलर लगातार दोस्रो जित हासिल गरेको छ ।
पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको थियो। पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो ।

पहिलो दिन शनिबार पुलिसले आर्मीलाई ३–२ सेटले हराएको थियो । न्यू डायमण्डले लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएको थियो ।

त्यसअघि दिनको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको थियो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० ले हराएको थियो ।

February 5, 2025

विश्व विद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]

February 4, 2025

चेम्बर अफ कमर्सको खेलकुदका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ ।  चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो ।  नेपाल स्पोर्टस […]

January 27, 2025

अस्ट्रेलियामा रविन सर्वोत्कृष्ट

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]

Success

Thank you for your time.