default_image

10 months ago

June 2, 2024

पुलिसले एपिएफलाई हरायो

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।

नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो।

एपिएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपिएफ गण्डकी प्रदेश संग पराजित भएको थियो।
पहिलो सेट २१-२५ ले गुमाएको पुलिसले दोस्रो सेट खेलमा फर्कियो। पुलिसले २५-२३ ले सेट जित्दै १-१ को बराबरी गर्यो। तेस्रो सेटमा एपिएफले १४-२५ ले जित्दै पुनः अग्रता बनायो।

 त्यसपछि पुलिसले २५-२१ ले आफ्नो पक्षमा पार्दै खेलमा २-२ को बराबरी गर्यो। पाँचौ तथा अन्तिम सेटमा पुलिस १५-१३ ले विजयी भयो र प्रतियोगितामा लगातार दोस्रो सफलता हासिल गर्यो ।

त्यसअघि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले पनि लगातार दोस्रो जित निकालेका‌ छन् । आर्मीले बुढानिलकण्ठ भलिबल क्लबलाई २५-१५,२५-२०,२५-२० ले हराएको थियो। अर्को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई २५-२२,२५-२२,२५-१८ ले हराएको।

त्यसअघि पिएम एनभिए भलिबल लिगमा पुलिसको महिला टोलीलर लगातार दोस्रो जित हासिल गरेको छ ।
पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको थियो। पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो ।

पहिलो दिन शनिबार पुलिसले आर्मीलाई ३–२ सेटले हराएको थियो । न्यू डायमण्डले लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएको थियो ।

त्यसअघि दिनको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको थियो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० ले हराएको थियो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.