9 months ago
June 2, 2024
काठमाडौ (हाम्रो खेलकद) – नेपाल पुलिस क्लबको महिला टोलीले आठौं पिएम एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको छ । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो ।
पहिलो दिन शनिबार पुलिसले आर्मीलाई ३–२ सेटले हराएको थियो । न्यू डायमण्डले लगातार दोस्रो हार बेहोरेको हो । पहिलो खेलमा डायमण्ड एपिएफसँग ३–२ ले पराजित भएको थियो ।
त्यसअघि दिनको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको थियो । एभरेष्टले कर्णाली प्रदेशलाई २५–१६,२५–८,२५–१० ले हराएको थियो ।
आज पुरुषतर्फ ४ खेल हुनेछन् । आर्मी र बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश, पुलिस र एपिएफ तथा टिप टक हेल्प नेपाल र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन आर्मी, गण्डकी, पुलिस र हेल्प नेपाल विजयी भएका थिए ।
८ मध्ये ७ दिन लिग चरणका खेल हुनेछन् । लिगको चौथो दिन जेठ २२ गते ७ खेल र बाँकी दिन ६ खेल हुनेछन् । अन्तिम दिन जेठ २६ गते महिला र पुरुषतर्फको तेस्रो स्थान र फाइनल गरि ४ खेल हुनेछन् ।
महिलातर्फ १७ र पुरुषतर्फ ३० गरि लिगमा ४७ खेल हुनेछन् । गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले जेठको १९ देखि २६ गते सम्म आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको । लिगको दुवैतफेको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवै तर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको युट्युब च्यानलबाट भइरहेको छ ।
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]