default_image

10 months ago

June 2, 2024

नेपाल च्याम्पियन रुपेश रोकिए

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा नेसनल चेस च्याम्पियनसिप शनिबार सुरु भएको छ ।

खुल्लातर्फ नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी , युथ च्याम्पियन पुरुषोत्तम सिलवाल , सिएम मिलन लामा मास्टर , धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले जित निकाल्दै समान १ अंक जोडेका छन्।

क्षितिजले प्रतिस्पर्धामक खेलमा पूर्व नेपाल च्याम्पियन काठमाडौका केशव श्रेष्ठलाई हराए । पुरुषोत्तमले दोलखाका राजिव कार्कीलाई पराजित गरे । मिलनले काठमाडौका प्रेम महर्जनलाई शुसिलले झापाका प्रकाश नेपाल तथा राजनले ललितपुरका सुरोज महर्जनलाई निराश पारे ।

वर्तमान नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाललाई श्रुसुरत दाहालले बराबरीमा रोके । राउन्ड रोविनको प्रणालीमा संचालन भइरहेको प्रतियोगितामा महिलातर्फ पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, मोरङका शान्ति धिमाल कास्कीका पूजा भण्डारी , काठमाडौका विनिता कपाली , रिया श्रेष्ठले र पर्साका सुशिला गुरुङले जित निकालेका छन्।

सिन्दिराले भक्तपुरका श्रेया दुवाल पराजित गरिन् । शान्तिले नेशनल बी छनौटमा उत्कृष्ट प्रदर्शन गरि प्रथम स्थानमा रहेर छनौट भएकी झापाकी कृतिसारा अधिकारीलाई हराइन् । विनिताले अन्सु प्रजापतिलाई पराजित गरिन्। त्यसैगरी रियाले झापाकी पूनम प्रसाईंलाई र सुशिलाले भक्तपुरकी सविना गुजःलाई पराजित गरिन्।

लुम्बिनी इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक सुबोधराज शेर्पालीको सभापतित्व रहेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र संगितकार शंम्भुराज बाँसकोटाले चेसको गोटी चालेर प्रतियोगिताको उद्घाटन गरे।

६ दिनसम्म चल्ने प्रतियोगितामा नेसनल बीबाट छनौट भएका खुल्लातर्फ र महिलातर्फ ९÷ ९ जना र जना २३ औं नेसनल च्याम्पियनसिपका ३÷३ जना गरि २४ जना खेलाडीहरुको सहभागिता रहेको छ । च्याम्पियनसिपमा खुल्लातर्फ ३ जना र महिलातर्फ उत्कृष्ट ४ जना हंगेरीको बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औं चेस ओलम्पियाडमा सहभागिता निश्चित गर्नेछन् ।

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्याय तथा कार्यक्रम संयोजक दिपेन राईका अनुसार आर्थिक व्यवस्थापनमा सहकार्य गर्ने हिमालयन प्रपोटी म्यानेजमेन्ट प्रा.लि.भक्तपुर, ओम क्वालिटि फाइबर ग्लास एण्ड ग्रील मेटल इण्ड प्रा.लि. काठमाण्डु , प्रभु बैंक, ग्लोबल आइएमइ बैंक, नेपाल टेलिकम, रुक्मिणी टुर्स एण्ड ट्राभल्सको प्रायोजन रहेको जानकारी गराएका छन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.