10 months ago
May 28, 2024
भक्तपुर (हाम्रो खेलकुद)– दोलखाका आशिष फुयाल गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।
नेपाल ईको पानलको आयोजनामा भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी गरि साढे ७ अंक सहित उपाधि हात पारेका हुन् । एकदिने प्रतियोगिता फाइनल चरणको खेलमा युवा खेलाडी काठमाडौका पुरुषोत्तम सिलवालसंग पराजित भएका थिए। उनले ६ हजार रुपैयाँ प्राप्त गरे ।
दोस्रो स्थानमा रहेका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीको पनि समान अंक साढे ५ अंक भए पनि टाइब्रेकरमा आषिशसंग बद्री पछि परे। बद्रीले ४ हजार रुपैयाँ पाए । तेस्रो भउका भोजपुरका धिरेन राईले ३ हजार रुपैयाँ पाए । पुरुषोत्तम सिलवाल चौथो भए भने काभ्रेका शैलेन्द्र कुमार पौडेल पाँचौ स्थानमा रहे ।
ललितपुरकम सुरज महर्जन छैटौं, भक्तपुरका निकेन कुस्था सातौं, राजेश कक्षपति आठौं ,मकवानपुरका लामा नवौं र ललितपुरका राजकुमार लामा दसौं भएको छ । प्रतियोगितामा भेट्रानतर्फ गणेशमान दुवाल उत्कृष्ट ठहरिए भने अनरेटेतर्फ विनायक पोखरेल उत्कृष्ट भए।
कृष्णभक्त दुवाल, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन , सदस्य निरन्जन प्रजापति र विजेता खेलाडीहरुलाई परस्कृत गरे। २६ जिल्लाका ८० जना खेलाडीहरुको सहभागीता रहेको प्रतियोगिता अन्तर्राष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजुले संचालन गरेका थिए।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]