default_image

8 years ago

February 3, 2017

शाहीलाई खेलकुद पत्रकार मञ्चको आार्थिक सहयोग

108 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले कार्यसमिति सदस्य नारायण शाहीको उपचारार्थ दश हजार सहयोग प्रदान गरेको छ । मञ्चको शुक्रबार बसेको बैठकले स्वास्थ्योपचार गरिरहेका शाहीलाई सो रकम प्रदान गरेको हो ।

nsjf-pokhara-help
मञ्चका सल्लाहकार समेत रहेका पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र मञ्चका अध्यक्ष केशव पाठकले सो रकम बराबरको चेक शाहीलाई हस्तान्तरण गरे । गत मंसिर २२ गते पोखरा रामबजारमा मोटरसाईकल दुर्घटनामा परेका शाहीको दाहिने हातको पाखुरा र कुममा भित्री चोट लागेको थियो ।

उनको माघ ४ गते शल्यक्रिया समेत गरिएको थियो । अहिले शाही फिजियोथेरापी गराईरहेका छन् । मञ्चका अध्यक्ष पाठकले आफ्नो परिवारका सदस्य बिरामी भएकाले मञ्चको सानो सहयोग भन्दै मञ्चका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

यसैबीच, मञ्चको शुक्रबारको बैठकले आह्वान गरेअनुरुप प्राप्त नयाँ सदस्यता आवेदनकर्तामध्ये योग्य पत्रकारलाई अनुमोदन गरेको छ । खेलकुद पत्रकार मञ्चमा १५ जना नयाँ सदस्य थप भएका छन् ।

सदस्यता पाउनेहरुमा आदर्शसमाज दैनिकका दुर्गाप्रसाद पौडेल, पोखरान्युज डटकमका ढाकामोहन बराल, सुनौलो पब्लिकेशनका राजाराम पौडेल, आर्थिक आवाजका सुरेन्द्र पौडेल, गोल्डेन न्युज टिभीका प्रभु अधिकारी, पोखरा टेलिभिजनका रोशन अधिकारी छन् ।

त्यस्तै रेडियो बाराहीका शशी पौडेल, मेघा एफएमका गौरव त्रिपाठी, माछापुच्छ«े एफएमका कविता घर्ती मगर, रेडियो अन्नपूर्णका उमा आले मगर, पोखरा हटलाईनका गणेश पौडेल, जक्शन डटकमका युवराज गुरुङ, कमाण्डर पोष्टका नरहरि पौड्याल, रेडियो जननीका क्षमता खड्का र आदर्श नेपाल दैनिकका राजु गिरीको आवेदन स्वीकृत गरिएको सचिव रञ्जन अधिकारीले जानकारी दिए । नयाँ १५ जना सहित मञ्चमा आबद्ध पत्रकारको संख्या ५६ पुगेको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.