9 months ago
May 25, 2024
काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- खानीखोला गाँउपालिकाले पाँचौं बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
बेथानचोक गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको शनिबार मण्डनदेउपुर नगरपालिकालाई हराउँदै खानी खोलाले उपाधि जितेको हो ।
खानीखोलालर ८० हजार, मण्डनले ५० हजार र संयुक्त रुपमा समान २० हजार रुपैयाँ प्राप्त गरे । ढुंखर्कस्थित पार्वती मा.वि.को खेल मैदानमा आयोजित प्रतियोगितामा १७ टोलीले भाग लिएका थिए ।
खानीखोलाका कै उमेश रानामगर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा विधागत तर्फ मण्डनदेउपुरका केशव गौतम उत्कृष्ट स्पाइकर , मण्डनदेउपुरकै सुरेशकुमार श्रेष्ठ उत्कृष्ट ब्लकरमा ,खानीखोलाका सुवास थोकर उत्कृष्ट सेटरमा , मण्डनदेउपुरका प्रविण सापकोटा उत्कृष्ट डिफेण्डर र खानीखोलाका मनराज आलेमगरले उत्कृष्ट सर्भरको उपाधि जिते ।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले वर्षेनी गर्दै आइरहेको सो प्रतियोगितामा १७ टोली सहभागी हुनु उत्साहजनक रहेको बताए । उनले खेलकुद क्षेत्रमा लगानी गर्न गाउँपालिका प्रतिबद्ध भएको बताए ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले उत्साहपूर्वक खेल क्षेत्रमा लागेका खेलाडीले निराश हुनु नपर्ने बताउँदै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोगईलाई धन्यवाद दिइन्।
समापनको सभाध्यक्षता बेथानचोक गाउँपालिका खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले गरे । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल, बेथानचोक गाउँपालिकाका वडा अध्यक्षहरु मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, राजकुमार वाइबा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]