default_image

9 months ago

May 22, 2024

चन्द्रागिरी नगरपालिकालाई यु १८ भलिबल उपाधि, सलिना सर्वोत्कृष्ट

2001 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड महिला भिलबल टिमले आफ्नो स्थापना दिवसको अवसरमा यु १८ महिला भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

न्यु डायमण्डको स्थापना दिवस जेठ ५ गते सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको थियो । भलिबल दिवस (जेठ ८ गते) को अवसरमा भएको फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले उपाधि जितेको छ ।

चन्द्रागिरीले फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको चन्द्रागिरी न्यु डायमण्डले त्यसपछिका तीन सेटमा लगातार जित हात पारेको थियो । चन्द्रागिरीले न्यु डायमण्ड एकेडेमीलाई २५–२१, २५–१५ र २५–१३ ले पराजित गर्दै उपाधि जितेको हो ।

तेस्रो स्थानका लागि आजै भएको खेलमा ज्ञान सुधा एकेडेमीले श्री कृष्ण माविलाई ३–० को सोझो सेटमा हराएको थियो । ज्ञान सुधाले श्री कृष्ण माविमाथि २५–६, २५–१९ र २५–११ को जित निकालेको थियो ।

चन्द्रागिरीकी सलिना बुढामगर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनिन् । त्यस्तै न्यु डायमण्डकी जुनिसा विश्वकर्माा उत्कृष्ट स्पाइकर, ज्ञानसुधाकी ज्यास्मिन रुम्बा उत्कृष्ट सर्भर, चन्द्रागिरीकी रञ्जना बुढा मगर उत्ृकष्ट ब्लकर, नम्सार रानामगर उत्कृष्ट सेटर, एञ्जिला प्रधान उत्कृष्ट डिफेन्डर चुनिए । चन्द्रागिरी ललिता नाथ उत्कृष्ट प्रशिक्षक चुनिइन् ।

यसैबीच, भलिबल दिवस मनाउने क्रममा एपिएफ भलिबल क्लब र न्यु डायमण्डबीच मैत्रीपूर्ण खल भएको थियो । न्यु डायमण्डको पुरानो नैकापस्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफले न्यु डायमण्डलाई २५–१७ र २५–२२ ले पराजित गर्यो ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

Success

Thank you for your time.