default_image

10 months ago

May 19, 2024

सेपाकताक्रो विश्व कप – नेपाल रेगु इभेन्टको सेमिफाइनलमा

702 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– इरानसँग पराजित भएपनि नेपाली टोली मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम ४ मा पुगेको हो । नेपाल ६–१५र १२–१५ ले पराजित भएको थियो ।

त्यसअघि लिग चरणकै खेलमा आजै नेपालले जर्मनीलाई २–० ले हराएको थियो । पहिलो दिन शनिबार रेगु इभेन्टमै फ्रान्सलाई २–१ हराएको नेपालले अर्को डबल इभेन्टमा खेल भने चाइनिज ताइपेसँग पराजित भएको थियो । रेगु इभेन्टमा ३ खेलाडी खेल्ने २ खेलाडी बाहिर रहन्छन् । डलबमा भने २ खेलाडी खेल्ने र अर्का खेलाडी बाहिर रहन्छन् ।

रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।

प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन् । कुल २१ राष्ट्रको सहभागिता रहने बताइएको छ । नेपाल डिभिजन वानमा छ । त्यसमा कुल ९ राष्ट्र र प्रिमियरमा १२ राष्ट्र छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.