10 months ago
May 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्व कपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले बिदाई गरेका छन् ।
देशको प्रतिनिधित्व गर्ने टोलीलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिएका छन् । रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।
प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन् । शनिबार सुरू हुने विश्व कपमा कुल २१ राष्ट्रको सहभागिता रहने बताइएको छ । नेपाल डिभिजन वानमा छ । त्यसमा कुल ९ राष्ट्र र प्रिमियरमा १२ राष्ट्र छन् ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]