default_image

10 months ago

May 15, 2024

कान्तिपुर हाफ म्याराथन शनिबार

321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण यहि साता आयोजना हुने भएको छ।

कान्तिपुर पब्लिकेशन्स लिमिटेडले आयोजनामा शनिबार हुने म्याराथनको‌ सबै तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यस वर्षको नारा ‘रन टु इन्स्पायर द यड’ रहेको छ ।

कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहने बताइएको छ। कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट रन ५ किमी, कलेज रन ७ किमी, हृिवलचेयर रेस रहनेछ।

कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख पाउने छन् । त्यस्तै दोस्रोले ५०, तेस्रोले ३०, चौथोले २०, पाचौंले १० र छैटौंलर ५ हजार रुपैयाँ पाउने छन् ।

हिवलचेयर रेस तर्फ विजेताले ३० हजार तथा दोस्रोले २० र तेस्रोले १० हजार रुपैयाँ पाउने छन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट हयाम्पर पाउने छन् ।

कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकवाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।

कर्पोरेट दौड सेन्ट्रल विजेनस पार्कबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथली हुँदै सेन्ट्रल विजनेस पार्कमा गएर टुंगिने छ ।

सेन्ट्रल विजेनस पार्कबाटै सुरु हुने हिवह्वलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल विजनेस पार्कमै गएर टुंगिने छ ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिजा हर्ट, टेक्निकल पार्टनर नेपाल एथ्लेटिक्स एसोसिएसन, पेन रिलिफ पार्टनर झन्ड, फुड पार्टनर फुड म्यानेजमेन्ट एन्ड ट्रेडिङ कम्पनी लिमिटेड तथा डिजिटल पार्टनर इसेवा मनि ट्रान्सफर, इन्टरनेश्नल एयरलाइन्स पार्टनर जजिरा र हस्पिटल पार्टनर अल्का अस्पताल रहेका छन् ।

२०६७ सालमा आयोजित पहिलो संस्करणमै १ हजारभन्दा धेरैले सहभागी भएका थिए । त्यसयता हरेक वर्ष सहभागि खेलाडीको संख्या बढिरहेको छ। सबै विधामा गरी यस पटक हामीले झन्डै ३ हजार धावक सहभागी हुने आयोजक अपेक्षा छ । खेलाडी दर्ताको बिहीबार सम्म रहेको छ।

सहभागी हुन चाहनेले नाम दर्ता गर्नलाई फर्म कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कमा रहेको कार्यालयमा लिन सकिनेछ वा अनलाइनबाट खेलाडी दर्ता पनि गर्न सकिनेछ ।

महिलातर्फ यसअघिका आठमध्ये ५ संस्करणमा कान्छीमाया कोजुले उपाधि जितेकी छन्। पुरुषतर्फ हरिकुमार रिमालले ४ पटक कान्तिपुर हाफ म्याराथन जितिसकेका छन् । गत वर्ष महिलामा राजपुरा पछाई र पुरुषमा मुकेश पालले उपाधि जितेका थिए।
हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने बनाइएको छ।

कान्तिपुर पब्लिकेसनका सिइओले कान्तिपुर हाफ म्याराथन स्थापित भइसकेको बताए। ग्लोबल आइएमईला सिनियर डिसिओ सुरेन्द्रराज रेग्मीले म्याराथनको नारा प्रभावकारी रहेको बताए। आरके विष्ट हाफ म्याराथनका रेस डाइरेक्टर रहेका छन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.