default_image

10 months ago

May 14, 2024

दसौं राष्ट्रिय खेलकुद नीति तथा कार्यक्रममा समावेश

445 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले यो वर्ष दसौं राष्ट्रिय खेलकुद आयोजनालाई नीति तथा कार्यक्रममा समेटेको छ ।

राष्ट्रिय खेलकुद परिषदले डेढ वर्ष अघि नवौं राष्ट्रिय खेलकुद समापनका दौरानमा २०८१ मंसिर २ देखि ९ गते सम्म दसौं संस्करण आयोजना गर्ने घोषणा गरेको थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको छ ।
खेलकुद पुर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौको मुलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणमा तीब्रता दिने जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता बढाउने पनि बताएका छन् ।

यस्तै चितवनको भरतपुरमा निमार्णधिन गौतमवुद्ध क्रिकेट रगंशाला संघ, प्रदेश र स्थानिय तहको साझेदारीमा अघि बढाइने नीति तथा कार्यक्रममा समेटिएको छ । आधुनिक प्रविधियुक्त इ स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनालाई पनि त्यसमा समेटिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीका साथ थप निमार्ण कार्य प्राथमिकताका साथ अघि बढाइने बताइएको छ । अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत र सम्मान गर्नुका जिवन निर्वाह भत्ता व्यवस्था गर्नुका साथै उनीहरुको मनोबल उच्च गराइने सरकारले नीति तथा कार्यक्रममा सम्बोधान गरेको छ । खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउने विषयलाई कार्यक्रममा सवमोश गरिएको छ ।

त्यस्तै सबैको लागि खेलकुद तथा योग अभ्यासको अवसर सृजना गरिने उल्लेख गरिएको छ । विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता तालिम दिइने निति तथा कार्यक्रममा समावेश गरिएको छ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.