10 months ago
May 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रागिरी नगरपालिकामा ओलम्पियन र अन्य खेलाडीको उपस्थितिमा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना भएको छ ।
चन्द्रागिरी नगरपालिकाको आयोजना तथा नेपाल ओलम्पियन एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका विधार्थीहरुको सहभागिता रहेको थियो । अन्तरक्रियाका क्रममा विधार्थीहरुले ओलम्पियन र अन्य खेलाडीसँग जिज्ञासा राखेका थिए ।
ओलम्पियन एसोसिएसनका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, ओलम्पियन विधान लामासहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता करातेकी एरिका गुरुङ, कास्य पदक विजेता बक्सिङका दीपक महर्जनले कार्यक्रम आ आफ्नो खेल जीवनको यात्राका बारेमा विधार्थीलाई जानकारी दिएका थिए ।
त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, ब्याडमिन्टनकी महिला च्याम्पियन रसिला महर्जन, तेक्वान्दोकी प्रशिक्षक एवंम रेफ्री सिता तामाङले सो अवसरमा आ आफ्नो अनुभव साटेका थिए ।
अधिकांश व्यक्ताले अनुशासन र समर्पणका साथ स्कुल जीवनबाटै खेलमा आबद्ध हुन सके भविष्यमा सफलता मिल्ने सम्भावना रहने बताएका थिए । सफलता सहजै प्राप्त हुन नसक्दै भन्दै उनीहरुले अनुशासनमा बढी जोड दिएका थिए ।
ओलम्पियन एसोसिएसनमा अध्यक्ष विष्टले आफूहरुले खेलकुदमा राखेको कीर्तिमानले नयाँ पुस्ताले तोड्न सकेको खण्डमा आफूहरु खुसी हुने बताए । सोही अवसरमा ओलम्पियन विधान लामा र तेक्वान्दो प्रशिक्षक सिता तामाङ आत्मरक्षाका लागि अपाउन सक्ने तरिका विधार्थीहरुलाई अभ्यास गरेका देखाएका थिए ।
एसोसिएसनले स्थानिय निकाय, प्रदेश खेलकुद, विद्यालय तथा अन्य संघ संस्थासँगको सहकार्यमा तीन वर्षअघिदेखि स्कुल टु ओलम्पिक कार्यक्रम सन्चालन गर्दै आएको छ । गत साता कोशी प्रदेश खेलकुद बोर्डको आयोजनामा तेस्रो ओलम्पियन रियुनिय र स्पोर्टस सेलिब्रेटी मिट आयोजना भएको थियो । एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिक यो वर्ष पहिलो पटक आयोजना भएको हो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]