default_image

11 months ago

May 8, 2024

अन्तर्राष्ट्रिय गल्फ दिवस– सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

687 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको छ । नेपाल गल्फ संघको सहकार्यमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो ।

काठमाडौंमा भएको कार्यक्रममा नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउने सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेवलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, गल्फ संघका अध्यक्ष टासी घले, बाह्रखरीका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरीका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सचदेवलाई सम्मान गरेका थिए ।

सचदेवले गोकर्ण गल्फ कोर्स निर्माण गरेका थिए । सन् १९९५ देखि १८ होलको गल्फ कोर्स र होटल निर्माणको प्रक्रिया थालेका थिए । भारतीय मूलका व्यवसायी सचदेवले नेपालमा त्यसबेला एक अर्ब बढी लगानी गरेका थिए । मन्त्री श्रेष्ठले नेपाली गल्फ क्षेत्रमा उनको योगदान अतुलनिय भएको बताए । यस्तै, उनले बाह्रखरी गल्फले खेल पयर्टन बढाउन महत्वपूर्ण भुमिका खेलेको बताए ।

बाह्रखरीका अध्यक्ष तथा प्रधान सम्पादक प्रधानले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन आजभन्दा ६ वर्षअघि बाह्रखरी गल्फको सुरुआत गरेको स्मरण गरे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बाह्रखरी गल्फले नेपालमा खेल पयर्टनलाई प्रवर्धन गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।

गल्फ संघका घलेले नेपालमा गल्फ प्रवर्धन गर्न बाह्रखरीले गल्फलाई अभियानको रुपमा अघि बढाएको बताए । बाह्रखरी मिडियाका उप–महाप्रवन्धक सूर्य घिमिरेले नेपालमा पहिलो पटक गल्फ दिवस मनाउन पाउँदा खुसी व्यक्त गरे ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.