10 months ago
May 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हेटौडा उप महागनरपालिकाले पहिलो बागमती अन्तरपालिका स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
प्रकाश दाहालको स्मृतिमा प्रज्ञा स्मृतिको आयोजना भएका प्रतियोगिताको बुधबार भएको फाइनल थाहा नगरपालिकाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हेटौडाले उपाधि जितेको हो । सुरुवाती दुई सेट गुमाएको हेटौडाले २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले जितेको थियो ।
प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले समान १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।
कार्यक्रम संयोजक एवं महाङ्काल गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेको अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । हेटौंडाका सुजन चोखालले उत्कृष्ट सेटर, हेटौंडाका राजन दर्लामी मगर उत्कृष्ट लिबेरो घोषित भए ।
महांकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर भए र हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत उत्कृष्ट हुनेले समान ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग थियो । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग थियो । ललितपुर जिल्ला खेलकुद विकास समिति प्रतियोगिताको सह आयोजक रहेको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]