10 months ago
May 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सहाना प्रधान प्रतिष्ठानको आयोजनामा असारमा प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ।
नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने बताइएको छ।
भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रदेशलाई खेलाडी छनोटका लागि समय मिलोस् भन्नका लागि छिट्टै च्याम्पिनसिप आयोजनाको घोषणा गरिएको छ।
दुवैतर्फको विजेताले ३ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र व्यक्तिगत विधातर्फ १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताबाट यु १९ राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गरिने भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए।
कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा पूर्वमन्त्री रामकुमारी झाँक्री र भलिबल संघका अध्यक्ष चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे। ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको आर्थिक व्यवस्थापन प्रतिष्ठान र बाँकी जिम्मेवारी संघले निर्वाह गर्ने बताइएको छ।
नेपाली राजनीतिको उदाहरणीय व्यक्तित्वको नाममा प्रतियोगिता आयोजना गर्ने पाउनु गर्वको बिषय भएको र यो प्रतियोगितामा युवा भलिबल खेलाडीलाई प्रतिभा प्रदर्शनको कोसेढुंगा सावित हुने विश्वास लिइएको बताइन् ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]