10 months ago
May 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कञ्चन बस्न्यातले टर्किस एयरलाइन्स विश्व गल्फ कप काठमाडौं छनोटको उपाधि जितेका छन्।
गोकर्ण गल्फ क्लबमा आइतबार ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जित्दै उनले टर्किस एयरलाइन्स विश्व गल्फ कप फाइनलमा स्थान सुरक्षित गरे। सो प्रतियोगिता आगामी डिसेम्बरमा टर्कीको अन्टालियास्थित ग्लोरिया होटल एण्ड रिसोर्टमा हुनेछ। जहाँ कञ्चनले नेपालको प्रतिनिधित्व गर्नेछन्।
टासी छिरिङ ४० अंक सहित दोश्रो भए। आशीष श्रेष्ठ ३८ अंक सहित तेश्रो भए। विजय श्रेष्ठ आइन्हाउसले ४१ अंक सहित काउन्ट ब्याकमा ग्रसतर्फको उपाधि जिते।
विजय र टासी छिरिङ दुबैले ५-अण्डर पार खेल्दै ४१ अंकमा बराबरी भएपछि विजेताको टुंगो काउन्ट ब्याकमा गरिएको हो। टासी र विजय दुवै एक ह्यान्डीक्याप गल्फर हुन्। ब्याक नाइनमा टासीले २१ अंक जोडेका थिए भने विजयले २३ स्कोर गर्दै पहिलो भएका हुन्।
नवाङ फिन्जो शेर्पाले १३औं होलमा होल-इन-वानको सफलता प्राप्त गरे। उनलाई काठमाडौं इस्तानबुलको राउन्ड ट्रिप टिकट प्रदान गरिएको छ। अनिल सिन्हा र गीता गुरूङले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।
टर्किस एयरलाइन्सद्वारा प्रायोजित प्रतियोगितामा ९१ गल्फरको सहभागिता रहेको थियो। प्रतियोगिता स्टेबलफोर्ड पद्धतिमा खेलाइएको थियो।
विजयी खेलाडीहरुलाई टर्किस एयरलाइन्स काठमाडौंका जनरल म्यानेजर सेर्कान बसर, रिजनल सेल्स म्यानेजर बेनजिर खान, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]