11 months ago
May 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नयाँ खेलकुद नीति निर्माण तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ संशोधनको लागि युवा तथा खेलकुद मन्त्रालयले बृहत छलफल र सुझाव संकलन कार्यक्रमको सुरूवात गरेको छ।
छलफलको सुरूवातमा आज मन्त्रालयले राष्ट्रिय खेल संघका अध्यक्ष र महासचिवसँग सुझाव संकलन गरेको छ। जहाँ खेलकुदमा सरोकार राख्ने प्रमुख कडी संघका पदाधिकारीहरुको सहभागिता उल्लेख्य रहयो।
५० भन्दा बढी संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो। अधिकांश सहभागी संघका पदाधिकारीहरुले संघको स्वायत्तताको विषयमा जोड दिए। साथै प्रदेश र संघबीचको नीतिले समस्या भएको कारण नीतिमा परिमार्जनमा जोड दिएका छन्।
योसँगै लिखित रूपमा र भौतिक रूपमा मन्त्रालयमा पुगेर पनि सुझाव दिन सक्ने व्यस्था रहेको जानकारी पनि मन्त्रालयले जानकारी गराएको छ।
युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले सबैको सल्लाह सुझावलाई मन्त्रालयले मनन गर्ने भन्दै नीति र ऐेनमा सरोकारवालाको सहभागिता र सुझाव प्रमुख रहने बताए। साथै मन्त्री श्रेष्ठले सुशासन र वित्तीय सुशासनमा मन्त्रालय निर्मम रहेने बताए ।
अब मन्त्रालयलले खेलाडी, प्रशिक्षक, रेफ्री, कर्मचारी, पत्रकार लगायतका सरोकारवालासँग पनि छलफल कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाको पनि उपस्थिति थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]