default_image

8 months ago

May 1, 2024

रुपेशले जिते गणेशमान सिंह स्मृति बुद्धिचाल उपाधि

400 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद)- नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।

रुपेशले बुधबार फाइनलमा   क्याण्डिडेट  मास्टर मिलन लामासंगको  क्लासिकलतर्फको  पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए। क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।

द्रुतगतिको ५/५ मिनेटको खेलमा सेतो र कालो गोटीको  दुबै खेलका मिलनलाई पराजित गरि २ – ० को नतिजासहित च्याम्पियन बने । रुपेशले यामाहा सेलुटो २ लाख ५३ हजार रुपैयाँको मोटरसाइकल प्राप्त गरे।

लामो समय पछि खेलमा फर्केका युवा मिलनले लिग चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म यात्रा तय गरेका हुन् । मिलनले ८० हजार रुपैयाँ प्राप्त गरे।
अर्का   फिडे मास्टर क्षितिज भण्डारी तेस्रो भए । उनले ५० हजार पाए ।

क्षितिजले तेस्रो स्थानको लागि भएको खेलमा राष्ट्रिय यु १६ का विजेता पुरुषोत्तम सिलवाललाई १.५ – ०.५ को सोझो सेटमा हराए। चौंथो भएका पुरुषोत्तमले ३० हजार रुपैयाँ प्राप्त गरे। 

नकआउटक बाहेक लिग तर्फमा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा स्वीस लिग अनुसार नवौं चरणसम्म भएको खेलमा आयोजक क्लबका सजिन महर्जन विजयी भए । सकिनले २५ हजार रुपैयाँ प्राप्त गरे। दोस्रो भएका सर्लाहीका कमल श्रेष्ठले १५ हजार रुपैयाँ पाए । तेस्रो बनेका निकेश कुशाथा १० हजार रुपैयाँ हात पारे ।

६ लाख ३५ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा शैलेन्द्र कुमार न्यौपाने चौथो र  झापाका राजन सुवेदी  पाँचौमा  भए । तनहुँका सविनचन्द्र घिमिरे छैटौं, काठमाडौका राजेन्द्र बज्राचार्य सातौं , बद्रीलाल नेपाली आठौं ,सुदिप तामाङ नवौं र केशव श्रेष्ठ दसौं भए ।

महिलातर्फको उपाधि सिन्दिरालाई

महिलातर्फको उपाधि पूर्व महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले जितिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्। 

मोरङकी शान्ति धिमाल दोस्रो र काठमाडौकी पुर्णिमा गुरुङ तेस्रो भइन् । नेपाल लोकतान्त्रिक खेलकुद संघले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा ललितपुर स्पोर्ट्स क्लबसँगको संयुक्त आयोजनामा भएको  प्रतियोगितामा ४० जिल्लाका १सय १२ राष्ट्रिय खेलाडी सहभागी थिए।

लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनको सभापतित्वमा भएको समापनमा पूर्व अर्थमन्त्री प्रकाश शरण महत, बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे।

प्रतियोगिताको दसौं संस्करण  २०८२ बैशाख महिनामा आयोजना गर्ने कार्यक्रमका संयोजक राजु ताम्राकारले जानकारी दिए।

January 6, 2025

एनकेएल खेल्न विदेशी खेलाडी आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओउन थालेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट ५ जना खेलाडी आइसकेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो विदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टोलीले सम्हाल्नेछन्। […]

January 6, 2025

धर्मश्री शारीरिक सुगठन चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्यायाम मन्दिरको आयोजनामा १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैतमा हुने भएको छ । धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा […]

January 6, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]

Success

Thank you for your time.