11 months ago
April 30, 2024
ललितपुर (हाम्रो खेलकुद) – काभ्रेका मिलन लामा र ललितपुरका रुपेश जैसवाल नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
मिलनले सेमिफाइनलको पहिलो ९० मिनेट क्लासिकल खेल प्रतिद्वन्द्वी क्षितिज भण्डारी संग सेतो गोटीबाट सुरु गरेका थिए । खेल प्रतिस्पर्धात्मक बन्यो । क्षितिले गल्तीका कारण हारे । दोश्रो खेल कालो गोटीबाट शुरु गरेका उनलाई जित्नै पर्ने दबाब थियो । चलाखीपूर्ण चाल चाल्दै जित दर्ता गरे र अंक बराबर गरे । त्यसपछि ३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट ब्लिज खेलमा पहिला हार आत्मसाथ गरे भने दोश्रो खेल आफ्नो पक्षमा पार्दै पुनः बराबर स्कोर खडा गरे। अन्तिम खेल अझ कौतुहलपूर्ण बन्यो।
अर्मागेडन नियम अनुसार क्षितिजलाई सेतोगोटी ५ मिनेट अनि मिलन लाई कालो गोटी ४ मिनेट (नो इन्क्रिमेन्ट) समय दिएको थियो । सेतोले जित्नै पर्ने र कालोले कमसेकम बराबर गर्दा फाइनल प्रवेश हुने थियो।निर्णायक खेलमा क्षितिजको हरेक चाललाई सटिक प्रतिचाल चाल्दै मिलनले बराबरीमा रोकी फाइनल प्रवेश गर्न सफल भए ।
रुपेशले पुरुषोत्तम सिलवाल संग ब्लिज खेल दुबैमा बराबरी खेलेका थिए । नेपाल च्याम्पियन रुपेश जैसवाल अर्मागेडन सेतो गोटीबाट जित्नै पर्ने खेलमा बराबरी गरे पुग्नेमा पुरुषोत्तमलाई पराजित गर्न सफल भए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवशको उपलक्ष्यमा आयोजना भएको प्रतियोगिताको सुपर लिगमा आयोजक क्लबका सजिन महर्जन र भक्तपुरका निकेन कुसाथा ६.५ अंक सहित संयुक्तरुपमा शीर्षस्थानमा छन् । सजिनले आशिष फुयाल र निकेनले सुदिप तामाङलाई हराए ।
प्रतियोगितामा काठमाडौंका नवीन तण्डुकार, ललितपुरका कमल श्रेष्ठ र अनरेटेड शैलेन्द्र न्योपानेको समान ६ अंक छ। हेटौंडाका कृष्णथापा देखि झापाका राजन सुवेदीसहित १४ जना ५.५ अंक प्राप्त गरि विविध विधागत पुरस्कारका लागि पछ्याइ रहेका छन्। ६ लाख ३७ हजार ९ सय पुरस्कार रहेको प्रतियोगिताको फाइनल बुधबार हुनेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]