10 months ago
April 30, 2024
एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ ।
१ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का साथ सर्वाधिक ६८ रन बनाए ।
सुरेश ऐयर ३३ र वैंकेटस ऐयरले २६ रनमा नटआउट रहे । सुनिल नारिनले १५ र रिंकु सिंहले ११ रन जोडे । दिल्लीका अक्षर पटलेले २ र लिजाड विलियम्सले १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ५३ रन बनाएको थियो । टोलीका लागि कुलदिप यादवले सर्वाधिक नआउट ३५ रन बनाए । उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
कप्तान रिसभ पन्तले २७ रन बनाएका थिए । ओपनर पृथ्वी शाहले १३, अर्का ओपनर जेक फ्रासेरले १२, अभिषेक पोरेलले १८, अक्षर पटेलले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोलकाताका वरुण चक्रवर्तीले ३, वैभव अरोरा र हर्षित रानाले समान २ तथा मिचेल स्टार्क, सुनिल नारिनले समान १ विकेट लिएका थिए ।
९ खेलमा १२ अंकसहित कोलकाता दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अंक छ । दिल्ली ११ खेलमा १० अंकसहित छैटौं स्थानमा छ । आइपिएलमा मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]