11 months ago
April 29, 2024
ललितपुर (हाम्रो खेलकुद) – मिलन लामा, क्षितज भण्डारी, रुपेश जैसवाल र पुरुषोत्तम सिलवाल नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ क्लासिकल बुद्धिचाल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् ।
चौथो दिन सोमबार सातौं चरणको खेल सम्पन्न शीर्ष ४ खेलाडीले २ लाख ५४ हजार ९ सय रुपैयाँ बराबरको यामाहा सलुटो मोटरसाइकलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको बुद्धिचाल प्रतियोगितामा शीर्ष ४ खेलाडी बिच भोलि गोला प्रथाबाट १/४ र २/३ गरि सेतो र कालो गोटी लिएर खेल हुनेछन् । प्रतियोगिताको दोस्रो खेलाडीले ८०, तेस्रोले ५० र चौथोले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको छ । आठौं संस्करणका विजेता सिएम मिलन लामा ६.५ अंक लिएर एकल अग्रताका साथ सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
मिलनले अन्तिम लिग खेलमा क्षितिजसँग १६ चाल चलि सहज समझदारी बराबर गरेका थिए । मिलनको बराबर प्रस्ताव १५ चाल खेलि स्वीकार गरेका सिएम क्षितिज ६ अंक बनाउँदै सेमिफाइनल प्रवेश गरेका हुन् । यसअघि उनले ४.५ अंकबाट खेल्दै काठमाडौंका भेट्रान खेलाडी जनार्दन श्रेष्ठलाई पराजित गरेका थिए ।
दोस्रो बोर्डमा सेतो गोटी ई फो बाट खेल शुरु गरेका झापाका राजन सुवेदीलाई सिफाइभ सिसिलियन जवाफ फर्काएका नेपाल च्याम्पियन रुपेश जैसवाल जित्नै पर्ने दबाबमा थिए । राजन सुवेदी ५ अंकबाट खेल्दै रुपेश संग .५ अंक खोसेर डाइरेक्ट इन्काउन्टर बुचोल्ज कटवान कटटु प्रोग्रेसिभको आधारमा छनौट हुन चाहन्थे। तर रुपेशले चार घण्टा लामो खेलमा राजन सुवेदीलाई पराजित गर्दै ६ अंक जोडेर सुपर नकआउट सेमिफाइनल प्रवेश गर्न सफल भएका छन्।
केशव श्रेष्ठ संग बराबर गरि ५ अंक बनाएका युवा च्याम्पियन पुरुषोत्तम सिलवालले अन्तिम लिगमा तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई कठिन खेलमा पराजित गर्दै ६ अंकका साथ अन्तिम चारको यात्रा तय गरे । १ सय १५ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहेको प्रतियोगितामा सातौं चरणपछि ४ खेलाडी नकआउट र बाँकीले सुपर लिग खेल खेल्ने छन् ।
नौं चरणको लिगको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । शीर्ष १५ सम्म आउने खेलाडीले खेलाडीले पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी विभिन्न विधामा थप २१ जना खेलाडीहरुले समेत पुरस्कार पाउने छन्।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]