1 year ago
April 28, 2024
धुलिखेल (हाम्रो खेलकुद) – छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
आइतबार भएको खेलमा आर्मी समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीले अब सेमिफाइनलमा मधेश प्रदेशको सामना गर्ने छ । त्यस्तै समूह बी को विजेता बनेको सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
आइतबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र मधेसले १–१ गोलको बराबरी खेले । खेलको १४औं मिनेटमा सन्जु चौधरीले गोल गर्दै सुदूरपश्चिमलाई अग्रता दिलाइन । तर टोलीले अग्रता जोगाउन सकेन । खेलको ३४औं मिनेटमा भूमिका कुमारीले मधेसका लागि बराबरी गोल गरिन् ।
दोस्रो खेलमा गण्डकीले ज्योति काफ्ले ह्याट्रिकसहित बागमती प्रदेशलाई ६–० गोलले हराएको छ । गण्डकी लागि खेलको छैटौं मिनेटमा सीतामाया बल, ३६औं मिनेटमा गिता पुन मगरले, ३७औं मिनेटमा सीता माया पुनले गोल गरिन् । ज्योतिले ४५औं, ५३औं र ५४औं मिनेटमा ह्याट्रिक पूरा गरिन् ।
तेस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८–० गोलले हरायो । सुदूरपश्चिमका लागि खेलको सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरिले समान २ गोल र पुर्णिमा उराले १ गोल गरिन् ।
अर्को खेलमा आर्मी क्लबले बागमतीलाई ९–० गोल अन्तरले हरायो। आर्मीका लागि सरस्वती तामाङले ४, सिमा खड्काले २ तथा डम्मरा भट्ट र सुनिता नेगिले समान १ गोल गरिन् ।
प्रतियोगितामा दुवै सेमिफाइनल सोमबार हुनेछ । प्रतियोगितामा ५ प्रदेश र आर्मी गरि ६ टोलीको सहभागिता रहेको छ । विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो टोललीे ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]