11 months ago
April 28, 2024
ललितपुर (हाम्रो खेलकुद) – झापाका राजन सुवेदी र काठमाडौंका मिलन लामा ५ अंक सहित नवौं गणेशमान सिंह स्मृति रेटिङ क्लासिक बुद्धिचालमा संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन् ।
आयोजक क्लबबाट खेलेका राजन ५ खेलमा ५ जितसहित नकआउट तर्फ अग्रसर भएका छन् । उनले ललितपुरका सोम आले माथि पिस अप हुँदै जित निकालेका हुन्। नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा आयोजना भइरहेको प्रतियोगितामा मिलनले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई पराजित गरेका छन्।
पुरुषोत्तम सिलवाल, फिडे मास्टर क्षितिज भन्डारी ४.५ अंक पु¥याउन सफल भएका छन् । पुरुषोत्तम र क्षितिजले पाँचौ चरणको खेलमा बराबरी खेल्दै अंक बाँडेक । नेपाल च्याम्पियन रुपेश जैशवालले पाँचौ चरणको खेलमा ललितपुरका अशोक मोहन श्रेष्ठलाई पराजित गरे । त्यसअघि चौथो चरणको खेलमा बद्रिलालसँग पारजित भए ।
राहुल चौ चौप्रधान र भक्तपुरका निकेन कुसाथा तथा मखन चेस क्लब काठमाडौंका सिताराम अग्रवाल र काठमाडौ चेस क्लबका प्रेम कृष्ण महर्जनबीचको खेल बराबरीमा टुंगियो । रुपेश र केशव श्रेष्ठ संगै उनीहरुले पनि समान ४ अंक बनाएर सेमिफाइनल खेल्ने सम्भावना जीवित राखेका छन् ।
महिला खेलाडी तर्फ सिन्दिरा जोशी र शान्ति धिमाल समान अंकमा फरक प्रतिद्वन्द्वी संग प्रतिस्पर्धा गरिरहेका छन्। सिन्दिराले दोश्रो चरणको खेलमा भेट्रान १९०८ उच्च रेटेड जनार्दन श्रेष्ठलाई पराजित गरिन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १ सय १० जना राष्ट्रिय शिर्ष खेलाडी सहभागी छन् । विजेताले २ लाख ५४ हजार ९ सय रुपैयाँ बराबरको यामाहा सलुटो मोटर साइकल प्राप्त गर्नेछन् । ४० खेलाडीले ६ लाख ३७ हजार ४ सय रुपैयाँ पाउनेछन् ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]