default_image

1 year ago

April 27, 2024

साहना प्रधान स्मृति हक्कीमा आर्मीको जित

1014 views

0 Bookmark

धुलिखेल (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेस प्रदेशसँग १–१ गोलको बराबरी खेलेको छ ।

शनिबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले हराएको हो । धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १ गोल गरिन् ।

२१औं मिनेटमा सिमाले गोल गर्दै टोलीलाई अग्रता दिलाइन । डम्मराले खेलको ५० औं मिनेटमा गोल गरिन् । सरस्वतीले खेलको ५६औं मिनेटमा गोल गरेपछि टोलीको जित सहज बन्यो । आर्मीले ३ अंक जोडेको छ ।

दोस्रो खेलमा लुम्बिनीले सातौं मिनेटमा अनन्य बड्नवालको गोलबाट अग्रता लिएको थियो । मधेशले ४०औं मिनेटमा बरारी गोल फर्कायो ।

प्रतियोगितामा आइतबार ४ खेल हुनेछन् । आर्मी र बागमती प्रदेशबीच पहिलो र अर्को खेलमा सुदूरपश्चिम प्रदेशले मधेसको सामना गर्नेछ । तेस्रो खेलमा गण्डकी र बागमती तथा अन्तिम खेल लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा आर्मी, बागमती, गण्डकी, लुम्बिनी , मधेश र सुदूरपश्चिम प्रदेश गरि ६ टोलीको सहभागिता छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.