default_image

11 months ago

April 27, 2024

प्रदीप र अभिलाषाले सिटिजन्स बैंक टेनिसको उपाधि रक्षा गरे

753 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता प्रदीप खड्का र अभिलाषा विष्टले १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्सतर्फको‌ उपाधि रक्षा गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा शनिबार भएको पुरूष सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रदीपले उपाधि रक्षा गर्ने क्रममा प्रणव मानन्धरलाई सोझो सेटमा सहजै हराए । उनले ६–३ र ६–२ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि आफ्नो नाममा लेखाए।

महिला सिंग्ल्सको फाइनल पनि एकपक्षीय बन्यो। अभिलाषाले सुनिरा थापालाई ६–० र ६–१ अत्यन्त सहज नतिजामा पराजित गरिन् । सिंगल्स पुरूष र महिला दुवैतर्फको विजेताले जनही ५० हजार र दोस्राले २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियारले दोहोरो स्वर्ण जिते। उनी ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा पहिलो भए । विमलकुमार गुरुङले पनि दुई स्पर्धामा स्वर्ण जिते । उनले ले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण हात पारे ।

प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङको जोडी पहिलो भयो ।

सिटिजन्स बैंकको प्रमुख प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । कुल ५ लाख ८२ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा १ सय ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.