11 months ago
April 27, 2024
ललितपुर (हाम्रो खेलकुद) – पूर्व नेपाल नवीन तण्डुकारसहित खेलाडीसहित ११ खेलाडी नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् ।
नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा जारी प्रतियोगितामा नविनसहित हेटौंडाका क्षितिज भण्डारी, २ पटकका पूर्व विजेता सजिन महर्जन, पूर्व विजेता मिलन लामा, यू १६ च्याम्पियन पुरुषोत्तम सिलवाल, ललितपुरका सुरोज महर्जन, झापाका राजन सुवेदी, ललितपुरका रुपेश जैसवाल,ललितपुर कै कमल श्रेष्ठ, भक्तपुरका निकेन कुसाथा समेतले तेस्रो चरणसम्ममा सबै खेल जित्दै संयुक्त रुपमा अगाडि रहेका छन् ।
ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा चलिरहेको प्रतियोगितामा किशोर महर्जन र रञ्जन ठकुरी घोषालेले शुरु गरेको तेश्रो चरणको खेलमा १८५८ रेटड नवीनले आफु भन्दा उच्च १९३३ रेटेड सविन चन्द्र घिमिरेलाई पराजित गरेका हुन्। उनले दोश्रो चरणमा ललितपुरका सकार राईलाई माथ दिएका थिए।
तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली ३ अंक जोड्ने क्रममा दोश्रो खेल निग्मा शेर्पा र तेस्रो चरणमा पूर्व महिला नेपाल च्याम्पियन सिन्दिरा जोशीलाई हाराउन सफल रहे।
लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको र ७ चरणको खेल पश्चात् उपल्लो ४ खेलाडी बिच सुपर नक आउट अन्तर्गत सेमिफाइनल र फाइनलवाट विजेताको टुङ्गो लाग्नेछ । बाँकी खेलाडीहरुले सुपर लिग खेल्ने छन्।
ललितपुर स्पोर्ट्स क्लब संयुक्त आयोजना रहेको गणेश मान स्मृति बुद्धिचाल खेल तेस्रो दिन आइतबार पहिलो खेल विहान ९ बजे र अर्को चरणको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]