11 months ago
April 26, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ।
नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा देशभरका १ सय १२ खेलाडीको सहभागिता छ।
पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु जिल्लाका ६ वर्षीय अंकुर पोखरेल देखि मखन चेस क्लबका ८० वर्षीय भेट्रान खेलाडी सिताराम अग्रवालले समेत भाग लिएका छन्।
बुद्धिचाल खेलमा ४२ जिल्लाका राष्ट्रिय खेलाडीहरु विभिन्न विधा अन्तर्गत ४० जनाले पुरस्कार पाउने संयोजक राजु ताम्राकारले जानकारी गराएका छन्। प्रतियोगिताका प्रमुख निर्णायक सोराज ताम्राकारले ७ चरणको खेल पश्चात् ४ जना सुपर नकआउट सेमिफाइनल र फाइनल खेल्नेछ भने बाँकी १ सय ८ जनाले कूल ९ चरणको खेल खेल्ने बताए।
आज भएको पहिलो चरणमा हेटौंडाका शिर्ष खेलाडी एफएम क्षितिज भण्डारी, काभ्रेका सिएम मिलन लामा, रौतहटका नेपाल च्याम्पियन एफएम रुपेश जैशवाल, ललितपुर स्पोर्ट्स क्लबका सिएम कृष्ण थापा,भक्तपुरका निकेन कुसाथा, लमजुङका सविन चन्द्र घिमिरे स्पोर्ट्स क्लबकै प्रेमकृष्ण महर्जनले विजयी सुरुआत गरेका छन् ।
यसैगरी काठमाडौंका पुरुषोत्तम सिलवाल, स्पोर्ट्स क्लबका सिएम सजिन महर्जन, ललितपुरका बद्रि लाल नेपाली, ललितपुरका सुरोज महर्जन, सुदिप तामाङ, काठमाडौका जनार्दन श्रेष्ठ, पेभिलियन चेस एकेडेमीका सुशील चौधरी, स्पोर्ट्स क्लबका सोम आले, काभ्रेका राहुल चौ प्रधान, सर्लाहीका कमल श्रेष्ठ, काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठ, ललितपुरका अशोकमोहन श्रेष्ठ,धनुषाका सूर्यनारायण दास, झापाका राजन सुवेदी, पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले आ आफनो खेल जितेका छन्।
आज सम्पन्न भएको उत्कृष्ट खेलमा बाग्लुङका अनरेटेड तोरन भण्डारीले कारोकान डिफेन्स अन्तर्गत आफू भन्दा १९१२ उच्च रेटेड आशिष फुयाल माथि सानदार विजय प्राप्त गरेका छन्। आशिषले गलत रुक मुभ गरे पछि दबाबमा परि अप्रत्याशित हार भोग्नु परेको छ। प्रतियोगितामा शनिबार दोस्रो र तेस्रो चरणका खेल हुनेछन्।
पूर्व उपप्रधानमन्त्री तथा काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]