11 months ago
April 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो।
सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी गरे। शिवरामले सन् २०१५ मा एनपिजिए प्रेसिडेन्टस कपमा ८-अन्डर स्कोर गरेका थिए।
अन्तिम दिनको खेल सुरुवात गर्दा निरज तीन दिनका लिडर भुवन भन्दा ७ स्ट्रोकले पछि थिए। तर ८-अण्डरको प्रदर्शनसँगै उनले उपाधिसँगै १ लाख २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
अन्तिम १८ होलको सुरूवात गर्दा भुवनसँग दिनेश प्रजापति माथि ६ स्ट्रोक र निरज माथि ७ स्ट्रोकको ठूलो अग्रता थियो।तर भुवनले आज इभन-पार ६८ मा खेल सकाउँदा समग्रमा ७-अन्डर २ सय ६५ सहित दोस्रो स्थानमा रहे। उनले ८२ हजार रुपैयाँ प्राप्त गरे।
निरजले कोर्स रेकर्ड बराबरी गर्ने प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर २९ मा सकाए। उनले पहिलो देखि चौथो होलमा लगातार चार बर्डी प्रहार गरे। नवौं होलमा पनि एक सट बचाएपछि फ्रन्ट नाइनको समाप्तीमा भुवन भन्दा मात्र एक स्ट्रोकले पछि थिए। भुवनले भने फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। भुवनले दोस्रो र चौथो होलमा बर्डी प्रहार गरेपनि तेस्रो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेपे।
निरजले फ्रन्ट नाइनकै प्रदर्शनलाई निरन्तरता दिए। १०औं होलमा बर्डी प्रहार गर्दै निरजले भुवनसँग स्कोर बराबरी गरे। यसपछि १३औं र १४औं होलमा लगातार दुई बर्डी प्रहार गर्दा निरजले दुई स्ट्रोकको अग्रता बनाए।
१६औं होलमा हजार्डबाट बोगी खेलेपनि १७औं होलको उत्कृष्ट बर्डीले पुन २ स्ट्रोकको अग्रता बनाए। उनले ब्याक नाइन ३-अन्डर ३१ मा सकाउँदा एक स्ट्रोकको जित निकालेका हुन। भुवनले भने १२औं होलको बोगीका विरूद्ध ११औं र १८औं होलमा बर्डी प्रहार गरे। ब्याक नाइन १-अन्डर ३३ मा सकाए।
आज ४-अन्डर ६४ खेल्दै समग्रमा २ सय ७१ सहित जयराम श्रेष्ठ तेस्रो भए। उनले ६६ हजार रुपैयाँ प्राप्त गरे । आज इभन-पार ६८ स्कोर गर्दै समग्रमा इभन-पार २ सय ७२ सहित तोरण विक्रम शाही चौथो भए। उनले ५३ हजार रुपैयाँ प्राप्त गरे। समग्रमा २-ओभर २ सय ७४ सहित पाँचौ भएका धन बहादुर थापाले ४५ हजार रुपैयाँ आफ्नो नाममा लेखाए। उनले आज इभन-पार ६८ खेले।
उपाधिका दाबेदार मानिएका सुबाश तामाङ समग्रमा ४-ओभर २ सय ७६ सहित छैटौं भए। प्रो टर्न भएपछि पहिलो पटक घरेलु टुर खेलेका सुबाशले ३३ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
समग्रमा ५-ओभर २ सय ७७ सहित दिनेश प्रजापति र रवि खडकाले सातौं स्थान बाँडे। उनीहरूले जनही ३३ हजार ५ सय नगद पुरस्कार बाँडे। आज १-ओभर ६९ सहित समग्रमा ६-ओभर २ सय ७८ स्कोरमा रामे मगर नवौं भए। उनले २८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
यसैगरी समग्रमा ७-ओभर २ सय ७९ सहित सञ्जय लामा र भुवन कुमार रोक्काले संयुक्तरुपमा दशौं स्थानमा प्रतियोगिता सकाए। सञ्जयले ५-ओभर ७३ र भुवनले १-ओभर ६९ मा खेल सकाए। उनीहरूले जनही २४ हजार रुपैयाँ प्राप्त गरे।
एमेच्योरतर्फ समग्रमा १३-ओभर २ सय ८५ सहित सद्भाव आचार्यले उपाधि जिते। उनले आज ७-ओभर ७५ मा खेल सकाउँदै टासी छिरिङलाई १० स्ट्रोकले हराए। टासीले समग्रमा २३-ओभर २ सय ९५ स्कोर गरे। आज उनले १२-ओभर ८० मा खेल सकाए। राष्ट्रिय टोलीका खेलाडी राहुल विश्वकर्मा कूल ३०० स्कोर सहित तेश्रो भए।
४ दिने प्रतियोगितामा ३२ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ४१ गल्फरहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा कुल ७ लाख ३ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको थियो। जहाँ २१ टप प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन मिथुन राईले पुरस्कार वितरण गरे।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]