default_image

11 months ago

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

1350 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो।

साविक उपविजेता समेत रहेको एपीएफले डायमण्डलाई २५–१६,२५–१८,१९–१५,२५–१३ र १५–११ ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।

पहिलो र दोस्रो सेटमा जित निकालेको एपीएफले त्यसपछिका दुई सेट लगातार गुमाउन पुग्यो। पाचौँ सेटको सुरुवातमा पछि परेको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।

आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान पक्का गरेको थियो।

राखेप कर्भडहलमा शुक्रबारको पहिलो खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। पुलिस क्लबले आर्मीलाई २५–१९,१७–२५,२५–१५ र २५–१३ ले पाखा लगायो।

प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। तेस्रो स्थानका लागि आर्मी र न्यु डायमण्ड खेल्नेछन्। सो खेल मध्यान्ह १२ बजे हुनेछ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार र दोश्रो टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 22, 2025

काठमाडौं पिंक केयराथन- सुनसरीले जितिन् हाफ म्याराथन

ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]

Success

Thank you for your time.