default_image

1 year ago

April 24, 2024

यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप- ८ मध्ये ३ खेलाडीलाई मात्र मौका

1015 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुमा ८ खेलाडीले भाग लिने भनिएपनि उज्वेकिस्तानमा शनिबार सुरु हुने एएसबीसी यु २२ एसियाली बक्सिङ च्याम्पियनसिप ३ नेपाली खेलाडीले मात्र चुनौती पेश गर्ने भएका छन् ।

गत साता एसियाली बक्सिङ महासंघले च्याम्पियनसिपमा नेपालका ८ खेलाडीले भाग लिने भन्दै नाम सार्वजनिक गरेको थियो । तर नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले पदक जित्ने सम्भावित खेलाडीलाई पठाएको बताए ।

८ मध्येबाट ३ उत्कृष्टलाई पठाएको उनको दाबी थियो । केहि साता अघि सम्पन्न गणेशमान स्मृति बक्सिङ प्रतियोगिता र यसै महिना सम्पन्न प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदको प्रदर्शनलाई पनि हेरिएको भण्डारीले बताए ।

अघिल्लो संस्करणमा ऐतिहासिक पदक विजेता सुष्मा तामाङ सहित रमिशा श्रेष्ठ र लालप्रसाद उप्रेतीले यसपटक चुनौती पेश गर्नेछन् । उज्वेकिस्तानको अस्ताना हुने च्याम्पियनसिपमा महिलाको ४८ केजीमा सुष्मा, ५० केजीमा रमिशा तथा पुरुषको ४८ केजीमा लालप्रसादले प्रतिस्पर्धा गर्नेछन् ।

थाइल्याण्डमा भएको अघिल्लो संस्करणमा सुष्माले रजत पदक जितेकी थिइन् । एसियाली स्तरमा नेपाली बक्सिङ खेलाडीले जितेको त्यो पहिलो पदक हो । टोलीको प्रशिक्षकमा सुजित पुन मगर छन् । च्याम्पियनसिपमा धनकुमार मैनालीले निर्णायकको भुमिका निभाउने छन् । ५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बुधबार विदाई गरे ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.