10 months ago
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबकी भलिबल खेलाडी पुनम चन्दलाई स्पेशल अवार्डबाट सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृती प्रतिष्ठानको आयोजनामा बुधबार सुरु भएको सातौं केएनपी नेरोलेग महिला भलिबल प्रतियोगिताको उद्घाटनका दौरान पुनमलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानकी संरक्षक गमली खड्का, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले ट्रफी, ५० हजार रुपैयाँबाट सम्मानित गररेका थिए । पुनमलाई आफ्नो खेल कौशल र महिला भलिबलको क्षेत्रमा पु¥याएको योगदान भावी खेलाडीका लागि पनि अनुकरणीय हुने भन्दै सम्मान गरेको आयोजक प्रतिष्ठानले जनाएको छ ।
पुनम सम्मलित राष्ट्रिय टोलीले २०७६ मा बंगलादेशको ढाकामा भएको प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण सोही वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक रजत र गत वर्ष नेपालमा आयोजना भएको तेस्रो एभीसी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा कांस्य पदक जितेको थियो ।
प्रतिष्ठानले हरेक संस्करणमा राष्ट्रिय टोलीकी एक सदस्यलाई सम्मानित गर्दै आएको छ । विगतमा राष्ट्रिय टोलीका सदस्यलाई प्रतिष्ठानले छात्रबृति दिएको थियो । प्रतियोगिताको पहिलो दिन साविक विजेता चन्द्रागिरी न्यु डायमण्ड महिला टिमले त्रिभुवन आर्मी क्लबलाई र एपिएफले नेपाल पुलिस क्लबलाई समान ३–१ ले हराएको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]