11 months ago
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– दिनेश प्रजापति र भुवन नगरकोटी समग्रमा २– अन्डर १ सय ३४ सहित सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधबार संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरूले ३६ होलको समाप्तीमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे ।
सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको काठमाडौं ओपनमा दिनेश आज ४–अन्डर ६४ को उत्कृष्ट नतिजा निकाल्दै पाँचौ स्थानबाट शीर्षस्थानमा उक्लिएका हुन् । भुवनले भने २–अन्डर ६६ को स्कोर कार्ड तयार पारे । यो स्कोरमा भुवनले दिनेशसँग शीर्षस्थान बाँडे।
आज ४–अन्डर ६४ को उत्कृष्ट कार्ड बनाउने क्रममा दिनेशले सानदार सुरूवात गरे । पहिलो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दा पाँचौं होलमा एक सट खेर फाले। उनले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए । यसपछि १५औं होलमा एक सट खेर फाले भने १०औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइनमा १–अन्डर ३३ खेले ।
पहिलो दिनका लिडर भुवनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए । पहिलो र छैटौं होलमा बर्डी प्रहार गरे पनि ५–पारको चौथो होलमा डबल बोगी खेपे । यसपछि उनले ब्याक नाइनमा चार वटा बर्डी प्रहार गरे । १०औं, १३औं, १५औं र १६औं होलमा एक–एक सट बचाए । १४औं र १८औं होलको बोगीले ब्याक नाइन २–अन्डर ३२ मा सकाउन बाध्य भए ।
समग्रमा इभन–पार १ सय ३६ सहित रवि खड्का तेस्रो स्थानमा छन् । उनले आज १–अन्डर ६७ को स्कोर दर्ज गरे । रविले फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । ५–पोको पहिलो र चौथो होलमा इगल प्रहार गर्दै चार सट बचाए ।
तेस्रो होलमा एक सट खेर फाले भने सातौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । तर ब्याक नाइनमा उनले लय गुमाए। १४औं देखि १६औं होलमा लगातार तीन बोगी खेपे र ब्याक नाइन ३–ओभर ३७ मा पुरा गरे । ब्याक नाइनको खराब प्रदर्शनले शीर्षस्थानमा उक्लने मौका रविले गुमाए ।
समग्रमा १–ओभर १ सय ३७ सहित रामे मगर, निरज तामाङ र भुवन कुमार रोक्का संयुक्तरुपमा चौथो स्थानमा छन् । रामेले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा दोस्रो दिनको खेल सकाए । निरज र भुवनले इभन–पार ६८ मा खेल सकाए ।
यसैगरी जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्तरुपमा सातौं स्थानमा छन् । उनीहरूले समग्रमा २–ओभर १ सय ३८ को स्कोर बनाएका छन् । दुवैले आज इभन–पार ६८ मा खेल सकाए । प्रो कार्ड लिएपछि पहिलो पटक घरेलु टुर खेलिरहेका सुबाश तामाङले आज १–अन्डर ६७ सहित समग्रमा ३–ओभर १ सय ३९ को स्कोर गरे । उनी नवौं स्थानमा रहेका छन् । समग्रमा ४–ओभर १ सय ४० सहित संयुक्तरुपमा दशौं स्थान बाँडे । दुवैले २–ओभर ७० मा खेल सकाए ।
३६ होलको समाप्तीमा १७–ओभर १ सय ५३ सम्म स्कोर गर्ने २२ प्रोफेसनल र ४ एमेच्योर गरी २६ गल्फरले कट बनाएका छन् । प्रोतर्फ तोरण विक्रम शाही, टंक बहादुर कार्की, प्रदीप कुमार लामा, कृष्णमान राजबाहक, टासी घले, भिमसेन चौलागाई, वसन्त राज गुरुङ, रामकृष्ण श्रेष्ठ, पशुपति शर्मा, भु बहादुर गुरुङ र किसन कालीराज सुनारले अन्तिम ३६ होलको लागि स्थान बनाएका छन् ।
एमेच्योरतर्फ टासी छिरिङ समग्रमा २–ओभर १ सय ३८ सहित सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा छन् । उनले आज २–अन्डर ६६ को स्कोर निकाले । दाबेदार युवा गल्फर सद्भावले समग्रमा ३–ओभर १ सय ३९ स्कोर खडा गरे । आज उनले १–अन्डर ६७ को कार्ड बनाए । राहुल विश्वकर्मा समग्रमा १०–ओभर १ सय ४६ सहित तेस्रो स्थानमा छन् । उनले आजको खेल इभन–पार ६८ मा सकाए । यी तीन एमेच्योरसँगै भरत थापा मगरले पनि कट बनाए।
७ लाख ३ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको ४ दिने प्रतियोगिताको विजेता १ लाख २० हजार, दोस्रोले ८२ हजार र तेस्रो ६६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 22, 2025
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी सुनसरी रोकायले काठमाडौं पिंक केयराथनमा हाफ म्याराथनको उपाधि जितेकी छिन्। सुनसरीले आज १ घन्टा २० मिनेट ०६ सेकेन्डमा दौड पूरा गर्दै खेल जीवनमा पहिलो हाफ म्याराथन (२१ किलोमिटर) को उपाधि जितेकी हुन् । आर्मीकै निशा सार्कीले १० किलोमिटर र ओलम्पियन सरस्वती भट्टराईले ५ किलोमिटर दौडको उपाधि जितिन् । सम्झना […]