11 months ago
April 18, 2024
अर्जुन कार्की, बागलुङ
त्रिभुवन आर्मी क्लबले चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालिका कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बागलुङ घुम्टे रेष्टुरेण्टलाई बिहीबार भएको फाइनलमा ३–० को सोझो सेटले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
४ भारतीय खेलाडी सहित कोर्टमा उत्रेको घुम्टेका विरुद्धमा आर्मीका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
आर्मीले खेल २५–१८,२५–१२,२५–२२ ले जितेको थियो । कस्तुरी युवा क्लब तेस्रो भएको छ । बिहिबार नै भएको खेलमा कस्तुरीले कालिका युवा क्लबलाई २५–२१, २५–२२, २५–१२ ले विजयी भएको थियो ।
आर्मीले ट्रफीसहित ३ लाख, घुम्टे रेष्टुरेण्टले १ लाख ५० हजार र कस्तुरीले १ लाख रुपैयाँ प्राप्त गरेको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
यस्तै विधागत पुरस्कारमा पनि आर्मीका खेलाडीको वर्चस्व रह्यो । आर्मीका शरण सामरी क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
आर्मीका धनपति कुँवर उत्कृष्ट स्पाइकर, कप्तान हरि बहादुर अधिकारी उत्कृष्ट ब्लकर, सम्राट भण्डारी उत्कृष्ट सेटर र नरेन्द्र गिरी उत्कृष्ट चुनिए । बागलुङ घुम्टेका राजनेश सिंह उत्कृष्ट सर्भर र कस्तुरीका निरज थापा उत्कृष्ट डिफेन्डर घोषित भए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]