1 year ago
April 16, 2024
काठमाडौं (हाम्रो खेलकुद)- १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान सहित स्वर्ण पदक जितेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धामा गणेशले १ दशमलव ८१ मिटर जम्प गर्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाए। उनले २०७५ सालमा लुम्बिनीका प्रभु थारुले बनाएको १ दशमलव ७७ मिटरको कीर्तिमान तोडे। नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका उनले नगद १५ हजार प्राप्त गर्नेछन्। बागमती प्रदेशका अविनास सुनारले १ दशमलव ७५ मिटर जम्प गर्दै रजत र लुम्बिनी प्रदेशका मिलन विश्वकर्माले १ दशमलव ७० मिटर जम्प गर्दै कास्य पदक हात पारे।
छात्रतर्फ १ सय मिटर दौडमा मधेश प्रदेशका आदेशकुमार यादव पहिलो भए। उनले निर्धारित दूरी ११ दशमलव २० सेकेन्ड समयमा दौड पुरा गरे। वाग्मतीका प्रवीण राना मगर ११ दशमलव ३५ सेकेन्डको टाइमिङमा दोस्रो भए। सुदूरपश्चिमका चन्द्र बोहरा तेश्रो भए । सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रितु जोशी पहिलो भइन। उनले १३ दशमलव ५८ सेकेन्डमा दुरी तय गरिन् । गण्डकीकी एन्जल अधिकारी दोस्रो भइन्।
छात्र १ हजार ५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते। उनले निर्धारित दूरी ४ मिनेट १९ दशमलव १ सेकेन्डमा पूरा गरे। ४ मिनेट १९ दशमलव ६ सेकेन्ड दूरी तय गरेका कर्णालीका अजय विक दोश्रो तथा ४ मिनेट २२ दशमलव ७ सेकेन्डको टइमिङमा सुदूरपश्चिमका विक्रम विक तेश्रो भए। यही स्पर्धाको छात्रातर्फ कर्णालीकी कल्पना बुढाले स्वर्ण जितिन्। उनले निर्धारित दूरी ५ मिनेट ०४ दशमलव ४ सेकेन्डमा पुरा गरिन। सुदूरपश्चिमकी देवकी कुमारी धामी दोस्रो र वाग्मतीकी अस्मिता भुजेल तेस्रो भइन् ।
छात्रतर्फ ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए। उनले ५१ दशमलव ५ सेकेन्डमा दूरी तय गरे। बागमतीका सन्तबहादुर दराई दोश्रो र कोशी प्रदेशका राकेश सार्की तेश्रो भए। सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्काले १ मिनेट ०२ दशमलव ३ सकेन्डमा पुरा गर्दै पहिलो भइन। लुम्बिनीकी अनिशा थारु दोश्रो र कर्णालीकी भावना कर्साल तेश्रो भइन् ।
एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश छन। पहिलो दिन मंगलबार ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ। पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ५ हजार ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]