default_image

11 months ago

April 16, 2024

केएनपी नेरोलेक महिला भलिबल यसै महिना

403 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको‌ आयोजना यसै महिना राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

२०७० सालदेखि आयोजना भएको प्रतियोगिताको‌ यस अघि ६ संस्करण भइसकेको छ। सातौ संस्करण वैशाख १२ देखि १५ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा हुनेछ।

प्रतियोगितालाई‌ केएनपी नेरोलेकको मुख्य प्रायोजन गरेको छ। केएनपिएका कन्ट्री‌ हेड मनोजकुमार मिश्र र शेर बहादुर स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता पछि प्रतियोगिताको‌ नाम केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता रहनेछ ।

प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लव, त्रिभुवन आर्मी क्लब, र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ५ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेपाल भलिबल संघको प्राबिधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने बताइएको छ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार र तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। गत वर्षको‌ बन्दा यस पटक १ लाख ९९ हजार रुपैयाँ बढाइएको छ।

प्रतियोगिताकाे सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्‌। विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँ सहित शेर बहादुर खड्‌का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । पुरस्कार राशि १३ लाख रुपैयाँ बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेकोमा बताइएको छ । प्रतिष्ठानले सामाजिक काम पनि गर्दै आएको छ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.